पार्टीमा भ्रष्ट प्रवृत्ति देखियो : अध्यक्ष नेपाल

Published on

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखिएको बताउनुभएको छ । मङ्गलबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखिएको बताउनुभएको हो ।

उहाँले पार्टीभित्र भ्रष्टिकरण र पदलोलुपताको प्रवृत्ति खतरनाक रुपमा देखापरेको भन्दै यस्तो अवस्था रहेमा आफूहरुलाई कसैले विश्वास नगर्ने बताउनुभयो । उहाँले आफूहरुले राजनीतिको भ्रष्टिकरणकाविरुद्धमा स्पष्ट अडान र तदनुरुपको गतिविधिहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिनुभयो । अध्यक्ष नेपालले आफूहरुको पार्टी फुट्ने हल्ला चलाइएको भन्दै यसप्रति सचेत हुनुपर्ने बताउनुभयो । पार्टीभित्रको असन्तुष्टिहरु छलफल गरेर टुङ्गो लगाउन सकिने उहाँको भनाइ छ । उहाँले एकीकृत समाजवादीलाई धराशयी पार्न खोज्नेहरुले त्यस्तो हल्ला चलाएका बताउनुभयो । अध्यक्ष नेपालले राजनीतिक समीकरण दिनदिनै परिवर्तन भइरहेको भन्दै सोचेभन्दा अलग ढङ्गले अगाडि बढिरहेको बताउनुभयो । उहाँले कतिपय शक्तिहरु षड्यन्त्रपूर्ण ढङ्गले सबै पार्टीभित्र अन्तरविरोध पैदा गरेर शक्ति वृद्धि गर्न लागेका औंल्याउनुभयो ।

‘‘अहिले राजनीतिक घटनाक्रममा दिनदिनै परिवर्तन भइरहेको छ । समिकरणमा दिनदिनै परिवर्तन भइरहेको छ । गठबन्धनमा दिनदिनै परिवर्तन भइरहेको छ । एक ढङ्गले अगाडि बढ्ला भन्यो अर्को ढङ्गले अगाडि बढ्न पुगेको छ । किनभने कतिपय शक्तिहरु अत्यन्त षड्यन्त्रपूर्ण ढङ्गबाट लागेका छन् ।,’’ अध्यक्ष नेपालले भन्नुभयो, ‘‘जसरी पनि आफ्नो शक्ति वृद्धि गर्ने, साम, दाम, दण्ड, भेद सबैको प्रयोग गरेर, सबै पार्टीभित्र अन्तरविरोध पैदा गरेर, विभिन्न पार्टीका कार्यकर्तालाई प्रलोभन दिएर आफ्नो पक्षमा ल्याउनका लागि, तान्नका लागि न्वारनदेखिको बल लगाइरहेका छन् । यो कुरालाई हामीले हेक्का राख्नुपर्छ । उहाँले अन्य पार्टीका कार्यकर्तालाई प्रलोभनमा पारी आफ्नो पक्षमा तान्न विभिन्न शक्तिहरु लागिरहेका भन्दै त्यसप्रति आफूहरु सचेत हुनुपर्ने बताउनुभयो । उहाँले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाललाई फुटाइएको टिप्पणी गर्नुभयो । उहाँले जसपा, नेपाललाई सरकारबाट पनि निकालिएको बताउनुभयो । अध्यक्ष यादवले मन्त्री पदबाट राजीनामा नदिएको भए गलहत्याएर निकालिने स्थिति रहेको उहाँले बताउनुभयो ।

उहाँले वर्तमान सत्ता समीकरणमा बस्ने कि नबस्ने भन्ने निर्णय गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पार्नुभयो । अध्यक्ष नेपालले पार्टीका मन्त्रीहरुप्रति नेता, कार्यकर्ताहरुको धेरै गुनासो आएको भन्दै पार्टी र कार्यकर्ताहरुसँगको सम्बन्धलाई राम्रो बनाउन मन्त्रीहरुलाई निर्देशन पनि दिनुभयो ।

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...