काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा आइतबार साँझ सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षामा सहभागी एक लाख चार हजार २६ जनामध्ये ७६ हजार तीन सय ६७ जना, अर्थात् ७३.४१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्।
यस वर्ष चार जनाको परीक्षाफल रद्द गरिएको पनि बोर्डले जनाएको छ। गत असोज ७ र ८ गते देशभर सञ्चालन गरिएको उक्त मौका परीक्षामा नियमित परीक्षामा असफल भएका विद्यार्थी सहभागी भएका थिए।

