काठमाडौं — नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग (एनपीएल) की साविक विजेता जनकपुर बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’ का रूपमा नियुक्त गरेको छ। जनकपुरले पूजालाई दोस्रो पटक निरन्तरता दिएको हो। कार्यक्रममा बोल्दै पूजाले जनकपुर बोल्ट्सले पुनः अवसर दिएकोमा आभार व्यक्त गर्दै टोलीलाई आगामी सिजनमा पुनः च्याम्पियन बन्न शुभकामना दिइन्।
सो अवसरमा जनकपुर बोल्ट्सको नयाँ जर्सी पनि सार्वजनिक गरिएको थियो। जर्सी सार्वजनिक गर्ने क्रममा क्रिकेटर पूजा महतो, जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडा र नेपाल लुब आयल लिमिटेडका प्रबन्ध निर्देशक करण चौधरी उपस्थित थिए। नेपाल लुब आयल लिमिटेडले यस सिजनका लागि जनकपुर बोल्ट्सलाई प्रायोजन गर्ने भएको छ।

