गुल्मीमा ट्राफिक कडाइ : ९५१ सवारी कारबाही, दुर्घटना न्यूनीकरणका प्रयास तीव्र

Published on

काठमाडौं । गुल्मी जिल्लामा ट्राफिक नियम उल्लङ्घन बढ्दै गएपछि ट्राफिक प्रहरीले कारबाही कडाइ गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्म विभिन्न किसिमका ९५१ सवारीसाधन कारबाहीमा परे । यसरी गरिएको कारबाहीबाट नौ लाख २८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रहरी नायब निरीक्षक तथा ट्राफिक प्रमुख ज्ञानबहादुर कुँवरका अनुसार ट्रक, बस, कार, जिप, ट्याक्टर तथा मोटरसाइकलसहितका सवारीसाधन बढी कारबाहीमा परेका छन्। नियम उल्लङ्घन, तीव्र गति, अनुमति पत्रविनै सवारी चलाउने, मापसे गरी सवारी चलाउनेजस्ता कारण मुख्य हुन्। हालसम्म १९७ ट्रकबाट एक लाख ९८ हजार पाँच सय, १३ बसबाट १३ हजार, ३२८ कार/जिपबाट दुई लाख ८२ हजार पाँच सय रुपैयाँसहित अन्य सवारीसाधनबाट जरिवाना असुल गरिएको छ। चार महिनाको अवधिमा सवारी दुर्घटनाबाट पाँच पुरुषको मृत्यु भएको छ। एक पुरुष र एक महिला गम्भीर घाइते भएका छन् भने १४ महिला, २७ पुरुष र सात बालबालिका सामान्य घाइते भएका छन्।

दुर्घटना न्यूनीकरण अभियान

ट्राफिक प्रहरीले सवारी दुर्घटना नियन्त्रणका लागि सडकमै चालक, सहचालक र यात्रुलाई जनचेतनामूलक कार्यक्रम दिँदै आएको छ। साथै, चालक तथा सहचालकलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण, स्वास्थ्य परीक्षण, विद्यालयस्तरमा सचेतना कार्यक्रम र नियमित सवारी जाँचको कडाइ गरिँदै आएको प्रहरी प्रमुख कुँवरले बताए। ट्राफिक प्रहरीको भनाइ अनुसार निरन्तर चेतनामूलक कार्यक्रम र कडाइका कारण सडक अनुशासन सुधार हुँदै गएको छ र आगामी दिनमा दुर्घटना थप घट्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...