केही नयाँ तथा फरक सुरुवात

Published on

काठमाडौं बैशाख १८ । आमसञ्चारको विकास तथा संचारमा मानव सभ्यता पुनरावलोकन हुँदै गएको परिपेक्षमा वदलिँदो समयक्रममा हामीले केही फरक तथा नयाँ अनलाइन संस्करणको सुरुवात गरेका छौ । सुचना प्रवाह सँगै पत्रकारिताको विकास मोडेल विना आजको परिपेक्षमा कुनै पनि मुलुकको विकास तथा उन्नती नभएको यर्थाथलाई आत्मसाथ गर्दै देशको फरक विषयमा टेकेर हामीले एएनएननेपाल अनलाइन पोर्टल सार्वजनिक गरेका छौं ।
हामीले पछिल्लो २१ औ शताब्दीको विकासक्रम तथा परिवर्तनशिल प्रक्रियाका पाठकको अभिरुचीलाई ध्यानमा राख्दै अनलाईन संस्करण पस्कने प्रयास गरेका छौ । विकासका लागि सूचना, सञ्चार र पत्रकारिताको आवश्यकता रहेको कुरा यर्थाथ हामीमाझ रहेको छ । यसलाई ध्यानमा राखेर आमनागरिक, पाठक, श्रोता तथा दर्शक समेतलाई समेटीने गरि अनलाईन संस्करण सुरु गरेको जानकारी गराउन पाउदाँ हामी एकदमै खुसी तथा सुखी भएका छौं ।
विषेशगरी नेपाल जस्तो भौगोलिक विकटता र भौगोलिक स्वरुप समेत फरकफरक भएको देशमा पत्रकारिताको अझै असल अभ्यास हुन नसकेका कारणले सूचना, सञ्चार र पत्रकारिताको विषयमा अझै पनि धेरै जनसमुदायहरु टाढा रहेका छन् । यसरी सञ्चारको विकासमा पछाडी परेको जनसमुदायको अवस्थालाई ध्यानमा राखेर हामीले विषेशगरी देशको सीमा समस्याका मुद्धा र पर्यटनको प्रचुर सम्भावना रहेका क्षेत्रलाई हामीले प्राथमिकता दिने गरी यो अनलाईन संस्करण सुरु गरेका हौं ।
नेपालको राजधानी काठमाडौं–३२ लाई केन्द्रमा राखेर हामीले ANN मिडिया मार्फत annnepal.com अनलाईन ल्याउने जमर्काे गरेका छौं ।
यसरी सूचना, संचार तथा प्रविधिको युगमा अनलाईन माध्यमलाई प्रभावकारी ठानिएकाले दिर्घकालिन समयसम्म प्रभाव पार्ने गरि हामीले विभिन्न क्षेत्रको सहयोग तथा सल्लाहमा अनलाईनको यो नयाँ सस्करण यहाँमाझ ल्याएका छौं ।
श्रोता, दर्शक र पाठक महानुभावहरुको आफ्नै अनलाईको रुपमा विकास गर्ने उदेश्यका साथ अनलाईन संस्करण सुरु गरेका हौं । आवाज विहिनहरुको आवाज बनेर सबै क्षेत्रका भाषाभाषी, लिंग, वर्ग, समूदाय, वर्ण, पेशाका मानिसहरुको पठनीय लायकको अनलाईनको रुपमा यस अनलाईन लाई विकास गर्ने गरी अनलाईनका संस्करण पस्किएका छौं ।
हामीले समाज रुपान्तरणका लागि पत्रकारिता र शान्ति, विकास, स्थायित्व र सामाजिक अमनचयन संस्थागत गर्नका लागि संचार भन्ने मान्यताका साथ अनलाईनको संस्करण ल्याएका छौं ।
साथै हामीले नेपाल सहित एशिया क्षेत्रको समग्र गतिविधिलाई पनि जानकारीमुलक बनाउन आधुनिक संचार प्रविधिको विकासमा पाठकको पहँुचका लागि अनलाईनको भुमिका निर्वाह गर्ने प्रयास गरेका छौं । यो प्रकाशकिय मार्फत श्रोता, दर्शक र पाठक बिचमा शान्ती, सम्वृद्धि , पारदर्शिता र जवाफदेहिताका साथै सवैमा हार्दिक मगलमय शुभकामना व्यक्त गर्दछौं । धन्यवाद ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...