फिलिपिन्समा शक्तिशाली भूकम्प

Published on

काठमाडौं ११ साउन । फिलिपन्समा बुधबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ विभागले दिएको जानकारीअनुसार फिलिपन्समा ७।१ म्याग्नच्यिुडको भूकम्प आएको हो ।

स्थानीय समयानुसार राति १२स्४३ मा भूकम्प आएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । देशको उत्तरी क्षेत्रमा भूकम्प आएको हो । भूकम्पको धक्का भने राजधानी मनिलामा पनि महसुस गरिएको थियो ।

क्षतिको विवरण आइनसके पनि ठूलो धक्का भएकाले धेरै क्षति भएको हुनसक्ने अनुमान अधिकारीहरुले गरेका छन् । अब्रा प्रान्तस्थित धेरै जनघनत्व रहेको लुजोन टापुमा केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण धेरै भवन तथा भौतिक संरचना भत्किएका छन् ।

भूकम्पकै कारण कतिपय ठाउँमा पहिरो पनि गएको र सडक, सञ्चार, विद्युतलगायतका सेवा अवरुद्ध भएको जनाइएको छ । घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तथा उद्धारकर्ता परिचालन गरिएको छ ।

राष्ट्रपति फर्निनान्ड मार्कोस जुनियरले भूकम्पबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । राष्ट्रपति मार्कोस उक्त क्षेत्रको निरीक्षण गर्न जान लागेको पनि उहाँको सचिवालयले जनाएको छ । रासस /एएनआई

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...