दोस्रो विश्वयुद्धमा इटालीको पो नदीमा खसेको ४५० केजी बम भेटियो

Published on

काठमाडौं २३ साउन । दोस्रो विश्वयुद्धमा नदीमा खसेको बम इटालीको पो नदी नजिक फेला परेको छ । जलवायु परिवर्तनले निम्त्याएको चरम खडेरीका कारण नदीको पानी सतहमा नै देखिन थालेपछि बम भेटिएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

४५० केजी बम पो नदीको किनारमा माछा मार्नेहरूले फेला पारेका थिए । इटालीको ७० वर्षमा सबैभन्दा खराब खडेरीमा ६५० किलोमिटर नदीको ठूलो भाग सुकेको छ ।“पो नदीको किनारमा माछा मार्नेहरूले बम फेला पारेका थिए,” सेनाका अधिकारी कर्नेल मार्को नासीले रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । सेनाका अधिकारीहरूले आइतबार एक नियन्त्रित विस्फोटमा बम विस्फोट गराएका छन् । बम डिस्पोजल विशेषज्ञहरूले आइतबार सुरक्षित विस्फोटनका लागि लगभग तीन हजार नजिकका बासिन्दाहरूलाई त्यहाँबाट हटाएका थिए । त्यसबेला उक्त क्षेत्रको हवाई क्षेत्र पनि केही समयका लागि बन्द गरिएको र जलमार्गमा नदीको यातायात पनि बन्द गरिएको थियो । बीबीसी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...