दोस्रो विश्वयुद्धमा इटालीको पो नदीमा खसेको ४५० केजी बम भेटियो

Published on

काठमाडौं २३ साउन । दोस्रो विश्वयुद्धमा नदीमा खसेको बम इटालीको पो नदी नजिक फेला परेको छ । जलवायु परिवर्तनले निम्त्याएको चरम खडेरीका कारण नदीको पानी सतहमा नै देखिन थालेपछि बम भेटिएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

४५० केजी बम पो नदीको किनारमा माछा मार्नेहरूले फेला पारेका थिए । इटालीको ७० वर्षमा सबैभन्दा खराब खडेरीमा ६५० किलोमिटर नदीको ठूलो भाग सुकेको छ ।“पो नदीको किनारमा माछा मार्नेहरूले बम फेला पारेका थिए,” सेनाका अधिकारी कर्नेल मार्को नासीले रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । सेनाका अधिकारीहरूले आइतबार एक नियन्त्रित विस्फोटमा बम विस्फोट गराएका छन् । बम डिस्पोजल विशेषज्ञहरूले आइतबार सुरक्षित विस्फोटनका लागि लगभग तीन हजार नजिकका बासिन्दाहरूलाई त्यहाँबाट हटाएका थिए । त्यसबेला उक्त क्षेत्रको हवाई क्षेत्र पनि केही समयका लागि बन्द गरिएको र जलमार्गमा नदीको यातायात पनि बन्द गरिएको थियो । बीबीसी

ताजा समाचार

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा ‘हिमालको पुकार’ वृत्तचित्र प्रदर्शन

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा...

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...