राजा महेन्द्र र बेलायती रानीको ६२ वर्षअघिको दुर्लभ भिडियो

Published on

काठमाडौं २४ भाद्र । बेलायती महारानी एलिजाबेथ द्वितीयाको बिहीबार निधन भएको छ । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथले ७० वर्ष शासन गरेपछि बालमोरलमा निधन भएको हो । तिनै महारानी एलिजाबेथ द्वितीया सन् १९६१ मा नेपाल आउँदाको यो भिडियोले त्यो बेलाको नेपालको अवस्था बुझ्न सकिन्छ । रानी एजिलाबेथ काठमाडौं आउँदा तत्कालीन राजा महेन्द्र उनको स्वागतका लागि विमानस्थलमा पुगेका थिए ।१९६१ मा महारानी एलिजाबेथ द्वितीया नेपाल आउँदाको पुरानो दुर्लभ भिडियो हेर्नुहोस् ।

बेलायती समाचार संस्थाले बनाएको भिडियोमा त्यो बेला काठमाडौंको जनसंख्या एक लाख भएको भनिएको छ । रोचक कुरा, त्यो बेला राजा महेन्द्र र रानी रत्नले हातमा पञ्जा लगाएको देखिन्छ । यो सँगै रानी एलिजाबेथले सन् १९८६ को फ्रेबुअरीमा दोस्रो भ्रमण गरेकी थिइन् । दोस्रोपटक भ्रमण गर्दा नेपालमा राजा वीरेन्द्र थिए । बेलायती रानीको स्वागतका लागि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यालगायत पनि विमानस्थल गएका थिए ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...