राजा महेन्द्र र बेलायती रानीको ६२ वर्षअघिको दुर्लभ भिडियो

Published on

काठमाडौं २४ भाद्र । बेलायती महारानी एलिजाबेथ द्वितीयाको बिहीबार निधन भएको छ । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथले ७० वर्ष शासन गरेपछि बालमोरलमा निधन भएको हो । तिनै महारानी एलिजाबेथ द्वितीया सन् १९६१ मा नेपाल आउँदाको यो भिडियोले त्यो बेलाको नेपालको अवस्था बुझ्न सकिन्छ । रानी एजिलाबेथ काठमाडौं आउँदा तत्कालीन राजा महेन्द्र उनको स्वागतका लागि विमानस्थलमा पुगेका थिए ।१९६१ मा महारानी एलिजाबेथ द्वितीया नेपाल आउँदाको पुरानो दुर्लभ भिडियो हेर्नुहोस् ।

बेलायती समाचार संस्थाले बनाएको भिडियोमा त्यो बेला काठमाडौंको जनसंख्या एक लाख भएको भनिएको छ । रोचक कुरा, त्यो बेला राजा महेन्द्र र रानी रत्नले हातमा पञ्जा लगाएको देखिन्छ । यो सँगै रानी एलिजाबेथले सन् १९८६ को फ्रेबुअरीमा दोस्रो भ्रमण गरेकी थिइन् । दोस्रोपटक भ्रमण गर्दा नेपालमा राजा वीरेन्द्र थिए । बेलायती रानीको स्वागतका लागि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यालगायत पनि विमानस्थल गएका थिए ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...