डोटी सडकखण्ड र बुडर–जोगबुडा सडक अवरुद्ध

Published on

लगातारको वर्षाका कारण डडेलधुरादेखि डोटी जाने सडकखण्डको रडुवामा पहिरोका कारण बाटो अवरुद्ध भएको छ । पहिरोका कारण बुढर–जोगबुडा सडक पनि बन्द रहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

शनिबार साँझदेखि परेको लगातारको वर्षाका कारण केआइसिंह राजमार्गसँगै अन्य ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् । राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवा खोलामा पहिरो जाँदा सडक अवरुद्ध बनेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । आज बिहान डडेल्धुरा–डोटी जोड्ने उक्त राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनबीच बाटोमै रोकिएका छन् ।

भीमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको साहुखर्कमा पनि पहिरो झरेको छ । पहिरोले आधा सडकमा अवरोध गरेपछि अहिले एकतर्फी रुपमा सवारी सञ्चालमा आएको र त्यहाँ सवारी जाम लागेको यात्रुले बताएका छन् । रासस

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...