डोटी सडकखण्ड र बुडर–जोगबुडा सडक अवरुद्ध

Published on

लगातारको वर्षाका कारण डडेलधुरादेखि डोटी जाने सडकखण्डको रडुवामा पहिरोका कारण बाटो अवरुद्ध भएको छ । पहिरोका कारण बुढर–जोगबुडा सडक पनि बन्द रहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

शनिबार साँझदेखि परेको लगातारको वर्षाका कारण केआइसिंह राजमार्गसँगै अन्य ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् । राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवा खोलामा पहिरो जाँदा सडक अवरुद्ध बनेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । आज बिहान डडेल्धुरा–डोटी जोड्ने उक्त राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनबीच बाटोमै रोकिएका छन् ।

भीमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको साहुखर्कमा पनि पहिरो झरेको छ । पहिरोले आधा सडकमा अवरोध गरेपछि अहिले एकतर्फी रुपमा सवारी सञ्चालमा आएको र त्यहाँ सवारी जाम लागेको यात्रुले बताएका छन् । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...