काठमाडौं । पछिल्लो दिनहरुमा कम्जोर बन्दै गएको मनसुनी प्रणालीको असर पश्चिम नेपालमा हल्का रहेको छ । शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी प्रणाली बाहिरीने समय भएकाले हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । शनिबार राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी क्षेत्रको सडक तथा हवाई यातायातमा मौसमको सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
पश्चिम नेपालमा हल्का वर्षाकाे सम्भावना
Published on
