डाेटीमा मध्यराति गएकाे भूकम्पले घर भत्किँदा ६ जनाकाे मृत्युु

Published on

काठमाडौं – मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भोलाप्रसाद भट्टले बताए ।

डीएसपी भट्टका अनुसार ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको छ ।

यस्तै साेही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको  डीएसपी भट्टले बताए  ।
उनीहरु ६ जनाकै शव निकालिएको प्रहरीले जनाएकाे छ । समाचार श्राेत अनलाइन खबर ।

spot_img

ताजा समाचार

चन्द्र परिक्रमा उडानमा ऐतिहासिक मोड

काठमाडौं । नासाको आर्टेमिस अभियान अन्तर्गत अन्तरिक्ष यात्रीको टोली आइतबार चन्द्रमाको वरिपरि ‘स्लिङ्गशट’ मार्गमा...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । रामपुर नगरपालिका-३, गैलुकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा...

सूर्यतारा सिमेन्ट उद्योग : निर्माणको काम अघि बढाइँदै

काठमाडौं । सूर्यतारा सिमेन्ट उद्योग निर्माणको काम अघि बढाउन लागिएको छ । यसअघि नै...

इजरायलमा इरानको मिसाइल आक्रमण जारी

काठमाडौं । इजरायली फायर फाइटरले उत्तरी शहर हाइफामा एक आवासीय भवनमा मिसाइल प्रहारपछि दुई...