युथ भ्वाइस ग्रुपले राष्ट्रीय एकता दिवसकाे अवसर पारेर निबन्ध प्रतियोगिता गर्ने

Published on

महेन्द्रनगर । कञ्चनपुर स्थित महेन्द्रनगरमा रहेकाे युथ भ्वाइस ग्रुपले राष्ट्रीय एकता दिवसकाे अवसर पारेर निबन्ध प्रतियोगिता गर्ने भएकाे छ । ग्रुपले पुस २७ गते राष्ट्रीय एकता दिवस एवं पृथ्वी जयन्तीको अवसरमा भीमदत्त नगरपालिका क्षेत्रमा भएका विद्यालयका १० कक्षा सम्मका विद्यार्थीलाई सहभागिता जनाउन सक्ने गरि निबन्ध प्रतियोगिता गर्ने भएकाे हाे ।
सहभागी हुन चाहने इच्छुक विद्यार्थीले युथ भ्वाएस ग्रुपकाे इमेल youthsvoice2074@gmail.com मा राष्ट्रिय एकतामा पृथ्वीनारायण शाहकाे भुमिका विषयमा २ सय शब्दमा निबन्ध लेखेर पठाउनु पर्ने युथ भ्वाइस ग्रुपले जनाएकाे छ । प्रतियोगी मध्येबाट पहिलो, दोस्रो र तेस्रो हुनेलाई एकता दिवसकाे दिन आवश्यक कार्यक्रम गरेर पुरस्कार वितरण गरिने युथ भ्वाइस ग्रुपका केन्द्रीय सदस्य पिटी भट्टले जानकारी दिए ।

ताजा समाचार

कोप-२८ लाई नेपालले अवसरका सदुपयोग गर्ने प्रधानमन्त्रीको भनाई

दुबई, १५ मंशिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई...

भुकम्प प्रभावित क्षेत्रमा अस्थायी घर बनाउँदै कांग्रेस नेता महर

जाजरकोट, १५ मंशिर । कार्तिक १७ गतेको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रावतगाउँका पूर्णबहादुर र उर्मिला...

गाजा अपडेटः इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

गाजा, १६ मंशिर । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको छ ।  युद्बबिराम...

युद्दबिरामका बिचमा प्यालेस्टाइनी भुमीवाट इजरायलमा रकेट प्रहार

गाजा, १५ मंशिर । इजरायली सेनाले गाजाबाट हानिएको रकेट अवरोध गरेको जनाएको छ । इजरायली...