युथ भ्वाइस ग्रुपले राष्ट्रीय एकता दिवसकाे अवसर पारेर निबन्ध प्रतियोगिता गर्ने

Published on

महेन्द्रनगर । कञ्चनपुर स्थित महेन्द्रनगरमा रहेकाे युथ भ्वाइस ग्रुपले राष्ट्रीय एकता दिवसकाे अवसर पारेर निबन्ध प्रतियोगिता गर्ने भएकाे छ । ग्रुपले पुस २७ गते राष्ट्रीय एकता दिवस एवं पृथ्वी जयन्तीको अवसरमा भीमदत्त नगरपालिका क्षेत्रमा भएका विद्यालयका १० कक्षा सम्मका विद्यार्थीलाई सहभागिता जनाउन सक्ने गरि निबन्ध प्रतियोगिता गर्ने भएकाे हाे ।
सहभागी हुन चाहने इच्छुक विद्यार्थीले युथ भ्वाएस ग्रुपकाे इमेल youthsvoice2074@gmail.com मा राष्ट्रिय एकतामा पृथ्वीनारायण शाहकाे भुमिका विषयमा २ सय शब्दमा निबन्ध लेखेर पठाउनु पर्ने युथ भ्वाइस ग्रुपले जनाएकाे छ । प्रतियोगी मध्येबाट पहिलो, दोस्रो र तेस्रो हुनेलाई एकता दिवसकाे दिन आवश्यक कार्यक्रम गरेर पुरस्कार वितरण गरिने युथ भ्वाइस ग्रुपका केन्द्रीय सदस्य पिटी भट्टले जानकारी दिए ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...