फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय हुँदैन : प्रधानमन्त्री प्रचण्ड

Published on

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नलिने बताउनुभएको छ। माओवादी केन्द्रको मङ्गलबार बसेको पदाधिकारी बैठकपछि प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सकेसम्म अहिलेको गठबन्धन नटुटोस् भन्ने हिसाबबाट अघि बढेको बताउनुभयो। सञ्चारकर्मीको गृहमन्त्री सम्बन्धको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हामी सल्लाह गर्दैछौं। सर्वोच्चको पूर्णपाठ कुर्नुपर्ने धेरैले सुझाव दिनुभएको छ। सकेसम्म सहकार्य नटुटोस् भन्ने छ।”

बैठकपछि माओवादीका प्रवक्ता कृष्णबहादुर महराले बैठकमा सोमबार बोल्न बाँकी रहनुभएका पदाधिकारीले आ–आफ्नो धारणा राख्नुभएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “आजको बैठक भोलि बस्ने स्थायी समितिको तयारी बैठक हो। पदाधिकारी बैठकमा हिजो बोल्न बाँकी कमरेडले आज बोल्नुभयो। आजको निर्णयमा खास केही भएको छैन।” नेता महराले बैठकको छलफल आगामी तीन महिनाको कार्यक्रम बनाएर अघि बढ्ने, कार्य विभाजन गर्ने, प्रदेश कमिटी बनाउने विषयमा केन्द्रित भएको जानकारी दिनुभयो। “तीन महिनाको कार्यक्रम बनाएर जाने। कार्यविभाजन गर्ने, प्रदेश कमिटी बनाउनमा केन्द्रित भएको छ। समसामयिक विषयमा छलफल भयो। गृह मन्त्रालयको नेतृत्वबारे अदालतको पूर्णपाठ आउन बाँकी छ। फैसला नआउँदासम्म निर्णय हुँदैन”, उहाँले भन्नुभयो।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...