शृङ्खलाबद्ध गोलीकाण्डमा मिसिसिपीमा छ जनाको मृत्यु

Published on

काठमाडौं । मिसिसिपीको टेट काउन्टीमा शुक्रबार भएको शृङ्खलाबद्ध गोलीकाण्डमा कम्तीमा छ जनाको निधन भएको सीएनएनले उल्लेख गरेको छ ।

घटनामा संलग्न रहेको आशङ्कामा एकजनालाई नियन्त्रणमा लिइएको पनि स्थानीय अधिकारीले बताएका छन् । सो घटना अर्काबुतला समुदायमा भएको थियो । टेट काउन्टी शेरिफ ब्राड लान्सले दिएको जानकारी अनुसार एउटा घटना अर्काबुतला रोडको स्टोर भित्र भएको थियो र सो घटनामा एक व्यक्तिलाई गोली हानिएको थियो ।

त्यसैगरी अर्काबुतला बाँध रोडमा रहेको घरभित्रै एक महिलाको पनि हत्या भएको  र उनका श्रीमान्  पनि घाइते भएको पाइएको छ । अर्काबुतला बाँध रोडमा एक सवारी साधनभित्र सन्दिग्ध व्यक्ति देखिएपछि टेट काउन्टीका प्रतिनिधिहरूले उनलाई नियन्त्रणमा लिएका छन् । उनको गिरफ्तारीपछि मारिएका थप अन्य चार व्यक्तिहरू फेला परेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले सो हिंसामा मारिएकाहरूप्रति शोक व्यक्त गर्नु भएको छ । साथै राष्ट्रपति बाइडेनले बन्दुकसम्बन्धी कानुनमा सुधारको आवश्यकता समेत औँल्याउनु भएको छ । घटनाबारे अनुसन्धान जारी रहेकाले विस्तृत विवरण आउन बाँकी छ । रासस / एएनआई

ताजा समाचार

काठमाडौँ उपत्यकामा चहलपहल बढ्दै

काठमाडौँ – काठमाडौँ उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न...

वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने

काभ्रे- वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने भएका छन् । बीपी राजमार्गमा ट्र्याक निर्माण...

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते

बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका...

कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा। शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई...