विश्व शान्ति स्थापनामा नेपालले खेलेको भूमिकाको प्रशंसा

Published on

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कासँग आज अमेरिकी राजदूत डीन रिचर्ड आर। थम्पसनले रक्षा मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेट गर्नुभयो । भेटमा विश्व शान्ति स्थापनामा शान्ति सेनाको माध्यमबाट नेपालले खेलेको भूमिकाको प्रशंसा भएको छ ।उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीको नियुक्ति सम्बन्धमा अमेरिकी राजदूतले दिनुभएको बधाई एवं शुभकामनाका लागि उपप्रधानमन्त्रीले धन्यवाद व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्रीले नेपाल र अमेरिका बीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेको धारणा व्यक्त गर्नुभयो। नेपाली सेनाको पूर्वाधार विकासलगायत क्षमता विकासमा अमेरिकी सरकारले योगदान पुऱ्याएको उल्लेख गर्दै उहाँले दुई देशकाबीच सौहार्दपूर्ण सम्बन्ध रहेको विचार व्यक्त गर्नुभयो । सोह्री क्रममा उपप्रधानमन्त्री खड्काले नेपाल र अमेरीकाबीच चौथो स्थलगत सैनिक सुरक्षासम्बन्धी संवाद सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो। भेटमा नेपालले संयुक्त राष्ट्र संघीय शान्ति सेनामा योगदान गर्ने राष्ट्रहरुमध्ये दोस्रो ठूलो राष्ट्रको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भए तापनि नेतृत्वदायी पदहरुमा उचित हिस्सा प्राप्त हुन नसकेकाले अमेरिकी सरकारको तर्फबाट यस विषयमा सहयोग एवं लबिङ्गका लागि अनुरोध गर्नुभयो ।

भेटमा अमेरिकी राजदूतले नेपाल र अमेरिकाबीच सहमति भए बमोजिम नेपाललाई उपलब्ध गराउने हवाइसाधन लगायतका उपकरणहरु उपलब्ध गराउन प्रयत्न गर्ने कुरा उल्लेख गर्नुभयो। राजदूतले नेपालको भौगोलिक अवस्थिति र अवस्थाको बारेमा अमेरिकी पक्ष जानकार रहेको उल्लेख गर्दै नेपाली सेना एवं रक्षा मन्त्रालयको क्षमता विकासमा थप सहयोग उपलब्ध गराउन इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो ।

साथै विश्व शान्ति स्थापनामा शान्ति सेनाको माध्यमबाट नेपालले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । सो अवसरमा रक्षा मन्त्रालयका सहसचिव बावुराम अधिकारी, परराष्ट्र मन्त्रालयका प्रतिनिधिका साथै अमेरिकी दूतावासका रक्षा सहचारी एवं अन्य कर्मचारीको समेत उपस्थिति रहेको रहेको जानकारी रक्षा मन्त्रालयका प्रवक्ता प्रकाश पौडेलले दिनुभयो ।

spot_img

ताजा समाचार

शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री...

मटिखान बजारमा ट्रक दुर्घटना

काठमाडौं । कालीकोटको शुभकालिका गाउँपालिका –६ मटिखान बजारमा मालवहाक ट्रक दुर्घटनामा परेको छ ।...

क्षतिपूर्ति रकम नपाएको मृतक परिवारको गुनासो

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका –२, बिर्ताटोलमा दुई महिनाअघि मोटरसाइकलको ठक्करबाट मृत्यु भएको एक...

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाउनुभएको...