रमेश लेखकले फुकाए महाकाली करिडोरको गाँठोः गरे स्थलगत अनुगमन

Published on

महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पुर्वमन्त्री रमेश लेखकले महाकाली करिडोरको ट्रयाक खुलाउने कार्यले अब गति पाउने बताउनुभएको छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित सांसद समेत रहनुभएका कांग्रेस नेता लेखकले विगतमा सरकारको उदासिनताका कारण निर्माणमा ढिलाई भएको बताउँदै अब डेढ बर्षभित्र करिडोरको ट्रयाक खुलिसक्ने दाबी गर्नुभयो ।
करिडोरको शुन्य बिन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रको खल्ला मसेट्टीमा आइतबार स्थलगत अनुगमन गर्ने क्रममा उहाँले रुख कटान अनुमतीकै कारण योजनाको काम विगतमा प्रभावित रहेको बताउनुभयो ।
“ अहिलेको सरकारले कञ्चनपुरदेखि दार्चुलासम्ममै करिडोरको ट्रयाक खुलाउन रुख कटान लगगायत अरु कामको अनुमती दिइसकेको छ ।” नेता लेखकले भन्नुभयो–“ अब कञ्चनपुरबाट आउँदो दशैमा डडेल्धुराको जोगबुढा क्षेत्रमा यही ट्रयाकबाट पुग्ने छौं ।”
करिडोरको शुन्य बिन्दुदेखि १५ किलोमिटर ट्रयाक खुलाउने काम ठेक्का सम्झौता भएको डेढ बर्षबितिसक्दा पनि रुख कटानको अनुमती नहुँदा अलपत्र थियो ।
नेता लेखककै पहलमा रुख कटान अनुमती लगायत यहाँका ठुला विकास निर्माण आयोजनाको विषयमा प्रधानमन्त्री पुष्पकल दाहाल समक्ष्य आग्रह भएको थियो ।
करिडोरको ट्रयाक खुले लगत्तै सडक कालोपत्रे गर्ने चरणमा जाने बताउनुभयो ।
उहाँले बैतडी दार्चुला लगायतका जिल्लामा पनि करिडोरको निर्माणको अल्झन हटिसकेको बताउँदै आयोजनाका लागि बजेटको कमी नहुँने बताउनुभयो ।
नेपाल–भारत र चीनसित जोड्ने र त्रिदेशीय नाकाका रुपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको करिडोरको ६० प्रतिशत ट्रयाक खुलेको छ ।
करिडोर अन्र्तगत ४२५ किलोमिटर ट्रयाक मध्ये केही भाग (दार्चुलामा) नेपाली सेनाले ट्रयाक खोलिरहेको छ ।
करिडोरको अनुगमनमा प्रमुख सचेतक लेखकसंगै सुदूरपश्चिम प्रदेशसभाका सदस्य बेलबहादुर राना र मधु भारती, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा लगायतको सहभागिता थिए ।

spot_img

ताजा समाचार

शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री...

मटिखान बजारमा ट्रक दुर्घटना

काठमाडौं । कालीकोटको शुभकालिका गाउँपालिका –६ मटिखान बजारमा मालवहाक ट्रक दुर्घटनामा परेको छ ।...

क्षतिपूर्ति रकम नपाएको मृतक परिवारको गुनासो

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका –२, बिर्ताटोलमा दुई महिनाअघि मोटरसाइकलको ठक्करबाट मृत्यु भएको एक...

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाउनुभएको...