विभूषण (अलङ्‍कार/पदक) सुशोभन समारोह सम्पन्‍न

Published on

काठमाडौं । नेपाली सेनाले संविधान दिवसको अवसरमा घोषणा भएको विभूषण (अलङ्कार/पदक) बाट सेनाका सम्बन्धित अधिकृत, पदिक तथा अन्यदर्जा विभूषित गरेकाे छ । जंगी अड्‍डामा आयोजित कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले संविधान दिवस २०७९ मा घोषित अलङ्‍कार र पदक प्राप्त गर्ने मध्ये अधिकृत २१, पदिक ६ र अन्यदर्जा १२ गरी जम्मा ३९ जनालाई अलङ्‍कार र पदकद्वारा सुशोभन गर्नु भएको हो ।

कार्यक्रममा बलाधिकृत रथी श्री सरोज प्रताप राणा, बलाध्यक्ष रथी श्री सिताराम खड्का लगायत रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो । गत आश्‍विन ०३ गते संविधान दिवसको अवसरमा नेपाली सेनाका २७ जनाले विभिन्न मानपदवी, २७ जनाले अलङ्‍कार र २९ जनाले पदक प्राप्त गरेका थिए । मानपदवी प्राप्त गर्ने सकलदर्जा गत बैशाख ०१ गते राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा सम्माननीय राष्ट्रपतिबाट विभूषित भैसकेका छन् ।

spot_img

ताजा समाचार

बर्दियामा शिक्षकमाथि बाल यौन दुराचारको आरोप

काठमाडौं । बर्दियामा एक शिक्षकमाथि बाल यौन दुराचारको आरोप लागेको छ। मधुवन नगरपालिका–५, रातामाटेस्थित...

खोटाङमा हावाहुरीको कहर : ३० भन्दा बढी घरमा क्षति, विद्युत सेवा अवरुद्ध

काठमाडौं । हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २...

बागलुङमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिने निर्णय

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण सिर्जित असहज परिस्थितिमा दैनिक उपभोग्य वस्तुको अभाव हुन...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

काठमाडौं । नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको...