चीन–भुटान सीमा बैठक सम्पन्न

Published on

काठमाडौं । चीन र भुटानबीच सीमासम्बन्धी बैठक सम्पन्न भएको छ । गत बुधबार र बिहीबार भुटानको राजधानी थिम्पुमा चीन–भुटान सीमासम्बन्धी १२ औँ विज्ञ समूह बैठक (इजीएम) भएको हो ।

बैठकमा चीनको कुन्मिङमा भएको ११औँ बैठकमा भएको सकारात्मक सहमतिको समीक्षा गर्दै दुई देशबीचको सीमा वार्तालाई तीव्रता दिने तीन चरणको मार्गचित्रलाई कार्यान्वयनमा लैजान भएका प्रगतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका थिए । मैत्रीपूर्ण वातावरणमा भएको बैठकमा चीन–भुटान सीमासम्बन्धी सबै विषयमा गहन छलफल भएको थियो ।

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा महासागर मामिलासम्बन्धी विभागका महानिर्देशक होङ लियाङले गरेका थिए । भुटानी प्रतिनिधिमण्डलको नेतृत्व भुटानको अन्तर्राष्ट्रिय सीमा सचिव लेथो तोब्धेन ताङ्बीले गरेका थिए । समूहको अर्को बैठक आपसी सहमतिमा दुवै पक्षलाई सहज हुने मितिमा बेइजिङमा आयोजना गर्न चीन र भुटान सहमत भएका छन् । रासस/सिन्ह्वा

ताजा समाचार

अमेरिकी राष्ट्रपति बाइडेन राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने

काठमाडौं, १३ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेन संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी...

प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो बुधबार संयुक्त अरब इमिरेट्स (यूएई)...

यस्तो छ आजको मौसम

काठमाडौं, १३ मंसिर । देशका केही स्थानमा बुधबार आंशिक बदली रहँदा केही स्थानमा हिमपातको...

कैलाली पुगे एमाले अध्यक्ष ओली

धनगढी, १२ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुद्ध एयरको जहाजमार्फत कैलाली...