क्रिस्टिन हरिला अन्नपूर्ण आधार शिविरमा

Published on

काठमाडौं । नर्वेजियन हिमाल आरोही क्रिस्टिन हरिला अन्नपूर्ण हिमाल आरोहणका लागि अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पुग्नुभएको छ । सन् २०१९ मा पुर्जाले कायम गरेको विश्व किर्तिमान तोड्न हरिला हिमाल यसपाली आरोहणका क्रममा हुनुहुन्छ ।

विश्वप्रसिद्ध आरोही निर्मल पुर्जाको रेकर्ड तोड्न आरोही हरिला म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न आधार शिविर पुग्नुभएको अन्नपूर्ण गाउँपालिका –३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो । क्रिस्टिनले केहीदिन अघि धौलागिरि हिमालको सफलतापूर्बक आरोहण गरेर अन्नपूर्ण आरोहणका लागि आउनुभएको उहाँले बताउनुभयो । ‘‘कठिन र चुनौतीपूर्ण मौसमका वावजुद पनि धौलागिरिको सफलतापूर्वक आरोहण गरेकी छु । मलाई विश्वास छ, अव अन्नपूर्णमा पनि सफलता मिल्नेछ’’ हरिलाले भन्नुभयो ।

हरिला सेभेन समिटन ट्रेक्सको व्यवस्थापनमा आरोहण गर्दै हुनुहुन्छ । सहयोगीसहित हरिला आधार शिविरमा पुग्नुभएको र एक हप्ताबीचमा आरोहण गर्नुहुने पर्यटन व्यवसायी शेरचनले बताउनुभयो । ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल ६ महिनाको अवधिमै आरोहण गर्ने अठोटका साथ एक वर्षअघि नेपाल आउनुभएको थियो । हरिलाले गतवर्ष १४ मध्ये १२ वटा हिमाल आरोहण गर्नुभएको थियो । बाँकी रहेका चोयु र सिसापाङमा हिमाल आरोहण गर्न चीनले अनुमति नदिएपछि हरिलाको रेकर्ड तोड्ने सपना अधुरो भएको थियो ।

यस वर्ष फेरि हरिलाले ६ महिनाभन्दा कम समयमा ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको आरोहण गरेर कीर्तिमान बनाउन नेपाल आउनुभएको हो । हरिलाले ३४ दिनमा तिब्बतका दुईसहित ७ वटा हिमालको सफल रुपमा आरोहण गरिसक्नुभएको छ ।
२०१९ मा नेपालीमुलका आरोही निर्मल पुर्जाले ६ महिनामै ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरी विश्व रेकर्ड बनाउनुभएको थियो । हरिलाले उक्त रेकर्ड तोडेर नयाँ विश्व कीर्तिमान कायम गर्ने प्रयासमा लाग्नुभएको छ । गोरखापत्र ।

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...