बेलाैरी भन्सार कार्यालय स्थापनाकाे लागि प्रतिबद्ध छु : रमेश लेखक

Published on

महेन्द्रनगर । नेपाली काङ्ग्रेसका नेता, पुर्व मन्त्री तथा प्रमुख सचेतक रमेश लेखकले बेलाैरी भन्सार कार्यालय स्थापनाकाे लागि प्रतिबद्ध रहेकाे बताएका छन् ।
पार्टी कार्यकर्ता भेटघाट तथा विभिन्न कार्यक्रमका निम्ति कञ्चनपुरकाे बेलाैरी पुगेका लेखकले एक कार्यक्रममा बेलाैरी भन्सार कार्यालय स्थापनाकाे लागि कुरा उठ्ने भएपनि आफू भने भन्सार कार्यालय स्थापनाकाे लागि प्रतिबद्ध रहेकाे बताएका हुन् ।
“भन्सार कार्यालय सम्बन्धि कुरा उठेकाे छ, बेलाैरीमा भन्सार कार्यालय स्थापना हुनुपर्छ ।” रमेश लेखकले भने, “भन्सार कार्यालय पनि अवलाेकलन गरेर फर्कन्छु, काठमाडौं गएपछि भन्सार कार्यालय स्थापनाकाे लागि प्रधानमन्त्री ज्यू सँग बसेर निचोड निकाल्छु र चाँडै भन्सार सञ्चालन हुन्छ ।” भन्सार कार्यालय सञ्चालन बारे स्वयं प्रधानमन्त्री प्रचण्ड, हाम्रो पार्टी सभापति शेर बहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली ज्यूले पनि यस विषयमा बाेलेकाे कुरा छन् भन्ने आफुले सुनेकाे भन्दै भन्सार कार्यालय स्थापना हुने उनले बताए ।
याे सँगै लेखकले बेलाैरी भन्सार कार्यालय समेत अवलोकन गरेका थिए ।

ताजा समाचार

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

मुम्बइ, २० मंशिर । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो...