पूर्वी लिबियामा बाढीका कारण दुई हजार बढीको मृत्यु

Published on

काठमाडौं । पूर्वी लिबियामा आइतबार आएको बाढीका कारण दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । बाढीमा परी हजारौँ मानिसहरू बेपत्ता भएको लिबियाका प्रधानमन्त्री ओसामा हम्मादले बताउनुभएको हो । स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा हम्मादले धेरै मृत्यु बन्दरगाह सहर डेरनामा भएको जानकारी दिनुभयो ।

उहाँले देशभरका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उद्धार कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको छ । त्यस्तै, उपप्रधानमन्त्री अलि अल गात्रानीले अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गर्नुभयो । स्थानीय प्रशासनले मृतकको सम्झनामा तीन दिने शोक घोषणा गरेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...