एनएसएल: धनगढीले वीरगन्जलाई २-१ ले हरायो

Published on

काठमाडौँ, १० मङ्सिर । जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत धनगढी एफसीले विजयी शुरुवात गरेको छ ।

आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढी एफसीले वीरगन्ज युनाइटेड एफसीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।  खेलको ९०औं मिनेटमा गोल गर्दै धनगढीले वीरगन्जमाथि रोमान्चक जित हासिल गरेको हो । 

धनगढीको जितमा फोडे फोफाना र अहमद हिजाजीले एक एक गोल गरेका थिए । हिजाजीले खेलको ९०औँ मिनेटमा गोल गर्दै धनगढीको जित सुनिस्चित गरेका थिए । यसअघि फोफानाले खेलको दोस्रो मिनेटमै गोल गरेर धनगढीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै वीरगन्जले खेलको पहिलो हाफको अन्त्यमा पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरेको थियो । वीरगन्जका लागि हान्स क्वोफीले गोल गरेका थिए ।

यो जितसँगै धनगढीले महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।

अब एनएसएल अन्तर्गत सोमबार झापा एफसी र स्पोर्टिंग इलामबीच साँझ साढे ५ बजेदेखि हुने तालिका रहेको छ ।
         

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...