एनएसएल: धनगढीले वीरगन्जलाई २-१ ले हरायो

Published on

काठमाडौँ, १० मङ्सिर । जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत धनगढी एफसीले विजयी शुरुवात गरेको छ ।

आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढी एफसीले वीरगन्ज युनाइटेड एफसीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।  खेलको ९०औं मिनेटमा गोल गर्दै धनगढीले वीरगन्जमाथि रोमान्चक जित हासिल गरेको हो । 

धनगढीको जितमा फोडे फोफाना र अहमद हिजाजीले एक एक गोल गरेका थिए । हिजाजीले खेलको ९०औँ मिनेटमा गोल गर्दै धनगढीको जित सुनिस्चित गरेका थिए । यसअघि फोफानाले खेलको दोस्रो मिनेटमै गोल गरेर धनगढीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै वीरगन्जले खेलको पहिलो हाफको अन्त्यमा पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरेको थियो । वीरगन्जका लागि हान्स क्वोफीले गोल गरेका थिए ।

यो जितसँगै धनगढीले महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।

अब एनएसएल अन्तर्गत सोमबार झापा एफसी र स्पोर्टिंग इलामबीच साँझ साढे ५ बजेदेखि हुने तालिका रहेको छ ।
         

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...