१० अंकले बढ्यो सेयर बजार , नेप्से २१ सय विन्दुमाथि

Published on

काठमाडौं । सेयर कारोबार साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १०।२६ अंकले बढेर २१०४।७२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०।२२ प्रतिशतले बढ्यो। नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ। यसदिन ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता सेयर ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रुपैयाँमा खरिदबिक्री भए।

आइतबार नेप्से परिसूचक १०।३७ अंकले बढेर २०९४।४६ विन्दुमा कायम भएको थियो। सो दिन ३ अर्ब ८३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन तीन कम्पनीको सेयर सकारात्क सर्किट लेभलमा कारोबार भयो। युनियन हाइड्रोपावर,अरुण भ्याली हाइड्रोपावर र मिड सोल हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा गरिमा डिवेन्चर २०८५ का लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। ६० करोड रुपैयाँ बराबरको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। ​​​​​​​यसैगरी नगदी ग्रुपको २३ करोड,हाथवेको १२ करोड,एनआरएन ११ करोड र नेपाल रिइन्स्योरेन्स ९ करोड मूल्य बराबरको सेयर कारोबार भयो। तीन उपसमूहबाहेक अन्य उपसमूहको सूचक सकारात्मक देखिएका छन्। ​​​​​​​बैंकिङ,माइक्रोफाइनान्स र नन लाइफ इन्स्योरेन्सको सूचक घटेको हो। यसदिन १५० कम्पनीको मूल्य बढ्दा ८६ वटाको घट्यो भने ११ को मूल्य स्थिर रह्यो।

spot_img

ताजा समाचार

इरान अझै आक्रमण गर्न सक्षम : अमेरिकी प्रतिवेदन

काठमाडौं । पछिल्लो अमेरिकी गुप्तचर मूल्याङ्कनअनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य आक्रमण क्षमता कायम...

हेटौँडाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । हेटौँडाबाट एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१०...

आर्थिक गणनालाई सफल बनाउन सहकार्य आवश्यक

काठमाडौं । राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले जिल्लास्तरीय अन्तरक्रिया गोष्ठी तथा...

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने चाँदीको मोल बढेको छ...