सहिदलाई फूलमालामा मात्रै सीमित राख्नु हुँदैन : मुख्यमन्त्री शर्मा

Published on

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सहिदलाई फूलमालामा मात्रै सीमित गर्न नहुने बताउनु भएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आयोजित सहिदहरुलाई पुष्पगुच्छा अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले सहिदलाई फूलमालामा मात्रै सीमित गर्दा सहिदप्रतिको सच्चा सम्मान नहुने बताउनुभएको हो ।

सहिदहरुको बलिदानबाट नेपाली जनताले १०४ वर्षको एकात्मक राज्य व्यवस्था परिवर्तन भएको स्मरण गर्दै सहिदहरुको वलिदानबाट नेपाली जनता स्वतन्त्र भएको जिकिर गर्नुभयो । उहाँले आन्दोलनबाट प्राप्त भएको स्वतन्त्रताको धज्जी उडाउने गरेकाले यसका विरुद्ध सबै नागरिक चनाखो हुन आग्रह गर्नुभयो । केही लोभी पापीहरुले आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नदिने, सुशासन र देशलाई समृद्ध लैजाने कार्य सञ्चालन गर्दा त्यसप्रति दुस्प्रचार गर्ने गरेकाले सबै एकताबद्ध हुनुपर्छ, भन्नुभयो ।

spot_img

ताजा समाचार

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...

भोटेकोशी बाढीमा आमाबाबु गुमाएका बालबालिकाका लागि एमआइटी फाउन्डेसनले ५७ करोड ८५ लाख दिने

काठमाडौं – भोटेकोशीमा आएको बाढीबाट आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण तथा भरणपोषणका लागि एमआइटी...

नेक्सस कबड्डी कपको दोस्रो संस्करण सुरु

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करण सुरु भएको...