उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको हृदयघातबाट निधन

Published on

काठमाडौं। उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको हृदयघातबाट निधन भएको छ। मंगलबार बिहान घरमै बसेका ५६ वर्षीय न्यायाधीश मरासिनीको स्वास्थ्यमा एक्कासी समस्या आएको थियो। लगत्तै उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए। उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले निवासमै रहेको बेला न्यायाधीश मरासिनीलाई हृदयघात भएको  जानकारी दिए। हृदयघातपछि नेसनल अस्पताल लगिएका न्यायाधीश मरासिनीलाई लगत्तै चिकित्सकले मृत घोषणा गरेको उनले जानकारी दिए।

उनको आजै अन्तिम दाहासंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। मंगलबार न्यायाधीश मरासिनी समयमै अदालत नआइपुगेपछि उनको इजलास अधिकृतले गोला तानिदिएका थिए। गोला तानिएपछि मरासिनीलाई संयुक्त र एकल गरी दुईवटा इजलास परेको थियो। इजलास नम्बर ४ मा न्यायाधीश चन्द्रमणी ज्ञवाजीसँग संयुक्त इजलास र इजलास नम्बर ५ मा उनी एक्लै थिए। रौतहट जिल्ला अदालतबाट उनी केही दिनअघि मात्रै उच्चमा बढुवा भएर आएका थिए।

spot_img

ताजा समाचार

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...

प्रतिनिधि सभाको बैठक सुरु : उच्च राजनीतिक सरगर्मी

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबारदेखि सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय भवनमा सुरु...

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पहिलो प्रतिनिधि सभाको बैठकमा उपस्थित हुनुभएको छ ।...

इरानी सर्वोच्च नेता खमेनीद्वारा पूर्वाधार पुनः स्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान

काठमाडौं । इरानका सर्वोच्च नेता मोज्ताबा खमेनीले अमेरिकी आक्रमणका कारण भएको विनाशलाई सम्बोधन गर्न...