लामो समयपछि हिमपात, चिसोले जनजीवन प्रभावित

Published on

काठमाडौँ । बाजुरामा लामो समयपछि वर्षासँगै हिमपात भएको छ । हिजो राति बूढीनन्दा, हिमाली, जगनाथ, स्वामिकार्तिक लगायतका स्थानीय तहमा लामो समयपछि वर्षासँगै हिमपात सुरु भएको हो । हिमपातका कारण चिसो बढ्न थालेपछि यहाँका स्थानीयको जनजीवन प्रभावित बन्दैगएको छ । बडीमालिका, त्रिवेणी, खप्तड छेडेदह गाउँपालिका क्षेत्रमा पनि हिजो रातिबाट हिमपात सुरु भएको हो ।

गत राति सो स्थानमा हिमपात सुरु भएसँगै चिसोका कारण निमोनिया, रुघाखोकी लगायतका बिरामी भएका बालबालिका र ज्येष्ठ नागरिक प्रभावित बन्दैगएका छन् । आफू लामो समय दमका बिरामी भएकाले चिसोमा थप समस्या भइरहेको बूढीनन्दा नगरपालिका –९ पाण्डुसैनका ७० वर्षीय धनवीर रोकायले बताउनुभयो ।

कृषक खुसी

लामो समयपछि जिल्लाका विभिन्न ठाउँमा हिमपात सुरु भएपछि किसान उत्साहित भएका छन् । हिउँदमा लगाएको गहुँ, जौ बाली सुक्न लागेका बेला हिजो रातिबाट वर्षासँगै हिमपात सुरु भएपछि सिँचाइमा ठुलो राहत मिलेको भन्दै किसान हर्षित बनेका हुन् । त्रिवेणी नगरपालिका–८ का कविता सार्कीले हिउँदे खेती गहुँ तथा तरकारी सिँचाइ नभएर सुक्नै लागेको समय पानीसँगै हिमपात भएपछि गहुँ जौ खेतीलाई निकै राहत पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कात्तिकमा लगाएको गहुँखेती पानी नपरेर सुक्न लागेको थियो । अहिले वर्षासँगै हिमपात भएपछि खेती सिँचाइमा सहज भयो ।” बाजुराको अधिकांश बूढीनन्दा हिमाली, स्वामिकार्तिक, बडिमालिका, त्रिवेणी बूढीगङ्गा छेडेदहलगायतका ठाउँमा आकाशे पानीको भरमा खेती गर्ने गर्छन् । सिँचाइ गरेको पानीभन्दा हिमपात भएपछि गहुँमा लाग्ने किरा फट्याङ्ग्रा मर्ने भएकाले खेतीपाती राम्रो हुनेगरेको सार्कीले बताउनुभयो ।

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...