विद्युत पोलको भाडा लिने नगरपालिकाको निर्णय

Published on

काठमाडौं। दमक नगरपालिकाले नगरभित्र गाडिएका विद्युत पोलहरु र विद्युत ट्रान्स्फर राखेको वापतमा भाडा लिने निर्णय गरेको छ । दमक विद्युत प्राधिरकणले महसुल नतिरेको भन्दै दमकका सडक बत्तिहरु धमाधम काट्न थालेपछि नगरपालिकाले भाडा लिने निर्णय गरेको हो । नगरपालिकाको १३ औं नगरसभाले स्वीकृत गरेको दर रेटका आधारमा विद्युत प्राधिकरणबाट भाडा लिने निर्णय गरेको दमक नगरपालिकाले जनाएको छ । माघ ९ गते बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले जानकारी दिनुभयो ।

नगरपालिकाको नाममा जडान भएका १७० वटा विद्युत मिटरमा उठेको ६ करोड ९३ लाख ६१ हजार महसुल बक्यौता उठाउनका लागि विद्युत प्राधिकरण दमकले बारम्बार ताकेता गर्दै आएको छ । कतिपय ठाँउमा मिटरको लाइन काटेपछि टोल अन्धकार बनेपछि नगरपालिकाले यस विषयमा ध्यानकर्षण भएको बताउँदै आएको छ ।

विभिन्न टोल विकास संस्थाहरुको नाममा मिटर जडान भएका र नभएकाहरुको विल विद्युत प्राधिकरणले बक्यौता देखाएको हो । मिटर नजोडिएका ठाँउका विल धेरै देखाएर विद्युत प्राधिकरणले बढी रकम असुल्न खोजेको नगरपालिकाको दावी छ । यस विषयमा नगरसभामा पनि बारम्बार कुरा हुने गर्छ ।

नगर सभाले पास गरेको आर्थिक ऐन २०८० मा उल्लेख भए अनुसार मासिक रुपमा प्रतिपोल १ सय रुपियाँ, टेलिफोन पोल ५० रुपियाँ, ट्रान्सफरर्मर तथा टेलिफोन क्याविनेट १ हजार रुपियाँ र इन्टरनेट केवलको प्रति बक्स २५ रुपियाँ तोकिएको छ । अहिले इन्टरनेटको केवलको पैसा पनि विद्युत प्राधिरकणले नै लिँदै आएको छ ।  नगर कार्यपालिकाले विद्युत पोलको भाडा लिने निर्णय गरेपश्चात विद्युत पोलहरुको गणनाको तयारी भएको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जनाउनुभयो । अहिले नै कतिवटा विद्युत पोलहरु छन् भन्ने यकिन भएको छैन र चाँडै याकिन गरिने उहाँको भनाइ छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...