विद्युत पोलको भाडा लिने नगरपालिकाको निर्णय

Published on

काठमाडौं। दमक नगरपालिकाले नगरभित्र गाडिएका विद्युत पोलहरु र विद्युत ट्रान्स्फर राखेको वापतमा भाडा लिने निर्णय गरेको छ । दमक विद्युत प्राधिरकणले महसुल नतिरेको भन्दै दमकका सडक बत्तिहरु धमाधम काट्न थालेपछि नगरपालिकाले भाडा लिने निर्णय गरेको हो । नगरपालिकाको १३ औं नगरसभाले स्वीकृत गरेको दर रेटका आधारमा विद्युत प्राधिकरणबाट भाडा लिने निर्णय गरेको दमक नगरपालिकाले जनाएको छ । माघ ९ गते बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले जानकारी दिनुभयो ।

नगरपालिकाको नाममा जडान भएका १७० वटा विद्युत मिटरमा उठेको ६ करोड ९३ लाख ६१ हजार महसुल बक्यौता उठाउनका लागि विद्युत प्राधिकरण दमकले बारम्बार ताकेता गर्दै आएको छ । कतिपय ठाँउमा मिटरको लाइन काटेपछि टोल अन्धकार बनेपछि नगरपालिकाले यस विषयमा ध्यानकर्षण भएको बताउँदै आएको छ ।

विभिन्न टोल विकास संस्थाहरुको नाममा मिटर जडान भएका र नभएकाहरुको विल विद्युत प्राधिकरणले बक्यौता देखाएको हो । मिटर नजोडिएका ठाँउका विल धेरै देखाएर विद्युत प्राधिकरणले बढी रकम असुल्न खोजेको नगरपालिकाको दावी छ । यस विषयमा नगरसभामा पनि बारम्बार कुरा हुने गर्छ ।

नगर सभाले पास गरेको आर्थिक ऐन २०८० मा उल्लेख भए अनुसार मासिक रुपमा प्रतिपोल १ सय रुपियाँ, टेलिफोन पोल ५० रुपियाँ, ट्रान्सफरर्मर तथा टेलिफोन क्याविनेट १ हजार रुपियाँ र इन्टरनेट केवलको प्रति बक्स २५ रुपियाँ तोकिएको छ । अहिले इन्टरनेटको केवलको पैसा पनि विद्युत प्राधिरकणले नै लिँदै आएको छ ।  नगर कार्यपालिकाले विद्युत पोलको भाडा लिने निर्णय गरेपश्चात विद्युत पोलहरुको गणनाको तयारी भएको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जनाउनुभयो । अहिले नै कतिवटा विद्युत पोलहरु छन् भन्ने यकिन भएको छैन र चाँडै याकिन गरिने उहाँको भनाइ छ ।

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...