अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव हुने

Published on

काठमाडौं । दाङमा पर्यटन प्रवर्धनका लागि अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव –२०८० हुनेभएको छ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सांस्कृतिक महोत्सव आयोजना गर्न थालिएको दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ । एभरेस्ट नेपाल कल्चर तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा फागुन १८ गतेदेखि २१ गतेसम्म अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव हुन लागेको हो । घोराही उपमहानगरपालिका –१५ स्थित कृषि सामग्री केन्द्रको खुला मैदानमा महोत्सव गर्न थालिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले जानकारी दिनुभयो । अध्यक्ष जोशीका अनुसार स्थानीय तथा देशको मौलिक कला तथा संस्कृतिलाई विश्व समुदायसमक्ष परिचित गराउने उद्देश्यले घोराहीमा १२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० गर्न थालिएको छ ।

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा नेपाल, भारत, जर्मन, अस्ट्रिया, बेल्जियम, वोत्स्वाना, इस्टोनिया, इजरायल, मलेसिया, पेरु, पोल्यान्ड, दक्षिण अफ्रिका तथा दक्षिण कोरियाका करिब तीनसय बढी कलाकाको प्रस्तुति रहने भएको छ । कार्यक्रममा दाङको मौलिक परम्परागत कला संस्कृतिसम्बन्धि महत्वपूर्ण नाच र राष्ट्रिय स्तरमा प्रसिद्ध परम्परागत नाच पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सांस्कृति महोत्सले यस क्षेत्रको पर्यटन तथा व्यावसायिक विकासमा सहयोगसँगै स्थानीय कला संस्कृतिको प्रचार–प्रसार हुने अपेक्षा रहेको छ ।’ २०६८ सालमा पहिलो पटक जिल्लामा अन्तर्राष्ट्रिय सास्कृतिक महोत्सव भएको थियो । महोत्सवमा ४० देखि ५० वटासम्म विभिन्न स्थानीय कला र संस्कृति सम्वन्धि स्टल राखिने दाङ जिल्ला उद्योग बाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

महासचिव बुढाथोकीले भन्नुभयो, ‘विदेशी कला संस्कृति र नेपाली कला संस्कृतिलाई एक ठाउँमा प्रस्तुत गरेर मनोरञ्जनसँगै अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव गर्न थालेका हो ।’ स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको सहभागिता हुने बताइएको छ । महोत्सव सञ्चालनका लागि करिब ४० लाख खर्च लाग्ने अनुमान गरिएको आयोजकको भनाइ छ ।

spot_img

ताजा समाचार

अमेरिकी हतियार सार्ने तयारी : सियोल भन्छ, ‘सुरक्षामा फरक पर्दैन’

काठमाडौं । मध्यपूर्वमा बढ्दो युद्धका कारण अमेरिकाले दक्षिण कोरियामा तैनाथ आफ्ना केही सैन्य उपकरण...

निर्वाचन खर्च विवरण सार्वजनिक गर्न आग्रह

काठमाडौं । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवारी दिएका सबै...

अत्यावश्यक औषधीमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड

काठमाडौं । नेपाललाई अत्यावश्यक औषधीमा आत्मनिर्भर बनाउन सबैले जोड दिएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका...

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

काठमाडौं । प्रहरी प्रधान कार्यालयले काठमाडौँलगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको...