ग्लाेबल एकेडेमीद्वारा उत्कृष्ट जीवनीकाे आधारमा भीनपा उपमेयरलाई सम्मान

Published on

महेन्द्रनगर । कञ्चनपुरकाे महेन्द्रनगर स्थित ग्लाेबल एकेडेमीले भीमदत्त नगरपालिकाका उपमेयर निलम लेखक जाेशीलाई सम्मान गरेकाे छ । एकेडेमीले आफ्नो १८ औं अभिभावक दिवसकाे अवसरमा उत्कृष्ट जीवनीकाे आधारमा उपमेयरलाई सम्मान गरेकाे हाे ।
अभिभावक दिवसकाे अवसरलाई लक्षित गर्दै ग्लाेबल एकेडेमीले भीमदत्त नगरपालिका क्षेत्रमा सामाजिक तथा राजनैतिक व्यक्तित्वहरुकाे जीवनी लेखेर सामाजिक सञ्जाल फेसबुकमा राखेकाे थियो । सामाजिक सञ्जालमा राखेकाे जीवनी मध्ये भीमदत्त नगरपालिकाका उपमेयर निलम लेखक जाेशीकाे जीवनी धेरै पटक हेरिएकाे भन्दै उपमेयरलाई सम्मान सँगै पुरस्कार समेत दिइएको ग्लाेबल एकेडेमीले जनाएको छ ।

कक्षा ६ मा अध्ययनरत छात्रा हिमान्सी ओझाले उपमेयर लेखक जाेशीकाे जीवनी लेख्नुभएको थियाे । उक्त छात्राले लेखेकाे जीवनीलाई १० हजार बढी मानिसले सामाजिक सञ्जालमा हेरेकाे र उक्त जीवनीले अग्र स्थानमा आएको थियो ।

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...