कपाल काट्दै, पढाइ खर्च जुटाउँदै

Published on

काठमाडौं । कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ रनगाईका ११ वर्षीय सुशील ठाकुर स्कुल बिदा भएपछि कपाल काट्न व्यस्त हुन्छन् । गाउँको कुनामा रहेको घर अगाडि कुर्ची राखेर कपाल काट्छन् ।

एक वर्ष अगाडि साना बालबालिकाको कपाल काटेर अनुभव लिएका ठाकुरका अहिले वयस्क देखि वृद्ध समेत ग्राहक रहेका छन् । पुर्खौली पेसा सिक्दैगरेका सुशील नेपाल राष्ट्रिय मा।वि। मा कक्षा ४ मा अध्ययन गर्छन् । उनले शनिबार र विद्यालय बिदाको दिन कपाल काट्छन् । एक जनाको कपाल काट्दा ६० रुपियाँ आम्दानी हुन्छ । कमाएको रकमले शैक्षिक खर्चको जोहो गर्छन् । ‘विद्यालयको पोषक, कापी कलम, झोला, खाजा खर्च आफै कमाउँछु, बचेको पैसा आमालाई दिन्छु । मैले स्लोप कट, विट, ओ कट, आर्मी कट, र युट्युबमा भिडियो हेरेर समेत कपाल काट्न सक्छु’ ठाकुरले भने ।

ठाकुर परिवारको पुर्ख्यौली पेसा नाइँ (दारी कपाल काट्ने) हो । उहाँहरू छिमेकी महाराजगन्ज नगरपालिकाबाट बसाइँ सराई गरी बुद्धभूमि आउनु भएको थियो । पिता जयकरण अघिल्लो पुस्ता महाराजगन्जको गनवरीयामा नाइँ पेसा गर्दै आउनुभएको थियो । गाउँमा नाइँको सङ्ख्या धेरै भएपछि अवसरका लागि बसाइ सराई गर्नुभएको थियो । ठाकुरका परिवार भूमिहीन हुन् । वन क्षेत्रनजिकै कच्ची घरमा बस्दैआएका छन् । उहाँहरू स्थानीय बालिघरे समेत हुन् । वर्षभरी काम गरेबापत अन्नपातमा चित्त बुझाउनु हुन्छ । पुर्ख्यौली सीप छोरालाई हस्तान्तरण गर्न एक वर्षदेखि काम सिकाउनु भएको छ । ‘सानो उमेरदेखि छोराले काम सिकेको छ । अहिले उसले पुरै काम गर्छ । पढ्ने, खेल्ने समय कटाएर र बिदाको समयमा सदुपयोग गरी कपाल काट्दैआएको छ । काम गर्न लजाउँदैन । पेसाप्रति सम्मान गर्छ । भविष्यमा उसलाई सैलुन पसल खोलीदिने सपना रहेको छ’ जयकरणले भन्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...