गलकोट बहुमुखी क्याम्पसलाई एकै परिवारकाे एक करोड सहयोग

Published on

काठमाडौं । बागलुङको गलकोट बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि यहाँका एक परिवारले एक करोड रुपियाँ सहयोग गरेका छन् । समुदायबाट चन्दा सहयोग जुटाएर सञ्चालन गरिएको क्याम्पसको थप पूर्वाधार विकास गर्न उक्त सहयोग प्राप्त भएको हो ।

गलकोट बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि र भौतिक पूर्वाधार निर्माणका लागि सहयोग जुटाउन सञ्चालित शैक्षिक ज्ञान महायज्ञमार्फत गलकोट नगरपालिका(३ हटियाबजारका श्रेष्ठ परिवारद्वारा एक करोड एक हजार एक सय ११ रुपियाँ सहयोग प्रदान गरिएको हो । स्वः बद्री कुमार श्रेष्ठ, स्वः बेगम कुमारी श्रेष्ठको स्मृतिमा निर्मला श्रेष्ठ तथा छोराबुहारीहरू मदन कुमार, बन्दना श्रेष्ठ, पुष्पमान, लक्ष्मी श्रेष्ठ, सेनानी विपिन कुमार श्रेष्ठ, सेनानी डाक्टर रश्मी श्रेष्ठ, दिलीप र सुष्मा श्रेष्ठको परिवारका तर्फबाट उक्त सहयोग रकम प्राप्त भएको क्याम्पसले जनाएको छ ।

सबैभन्दा धेरै रकम प्रदान गरेर क्याम्पसलाई सहयोग गर्ने श्रेष्ठ परिवारलाई बाजागाजा र भजनकिर्तन सहित ताम्दानीमा चढाएर स्थानीयहरूले गलकोट बजार परिक्रमा गराएर सम्मान गरेका छन् । आइतबार साँझ समापन भएको महायज्ञमा कुल ११ करोड ५० लाख रुपियाँ सहयोग सङ्कलन भएको महायज्ञ आर्थिक समितिका संयोजक रामप्रसाद शर्माले जानकारी दिनुभयो । समुदायबाट चन्दा सङ्कलन गरिएको क्याम्पसमा थप भौतिक पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित महायज्ञ सञ्चालन गरिएको संयोजक शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, महायज्ञमार्फत हामीले सङ्कलन गरेको रकमले क्याम्पसको भौतिक पूर्वाधार निर्माण र शैक्षिक गुणस्तर वृद्धिमा लगानी गर्दछौँ ।फागुन ६ गते देखि सुरु भएको महायज्ञमा श्रीमद्भागवत भाष्कर गुरुदेव कमलनयन आचार्यले दैनिक रूपमा कथावाचन गर्नुभएको थियो ।

ताजा समाचार

प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य छ...

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...