गलकोट बहुमुखी क्याम्पसलाई एकै परिवारकाे एक करोड सहयोग

Published on

काठमाडौं । बागलुङको गलकोट बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि यहाँका एक परिवारले एक करोड रुपियाँ सहयोग गरेका छन् । समुदायबाट चन्दा सहयोग जुटाएर सञ्चालन गरिएको क्याम्पसको थप पूर्वाधार विकास गर्न उक्त सहयोग प्राप्त भएको हो ।

गलकोट बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि र भौतिक पूर्वाधार निर्माणका लागि सहयोग जुटाउन सञ्चालित शैक्षिक ज्ञान महायज्ञमार्फत गलकोट नगरपालिका(३ हटियाबजारका श्रेष्ठ परिवारद्वारा एक करोड एक हजार एक सय ११ रुपियाँ सहयोग प्रदान गरिएको हो । स्वः बद्री कुमार श्रेष्ठ, स्वः बेगम कुमारी श्रेष्ठको स्मृतिमा निर्मला श्रेष्ठ तथा छोराबुहारीहरू मदन कुमार, बन्दना श्रेष्ठ, पुष्पमान, लक्ष्मी श्रेष्ठ, सेनानी विपिन कुमार श्रेष्ठ, सेनानी डाक्टर रश्मी श्रेष्ठ, दिलीप र सुष्मा श्रेष्ठको परिवारका तर्फबाट उक्त सहयोग रकम प्राप्त भएको क्याम्पसले जनाएको छ ।

सबैभन्दा धेरै रकम प्रदान गरेर क्याम्पसलाई सहयोग गर्ने श्रेष्ठ परिवारलाई बाजागाजा र भजनकिर्तन सहित ताम्दानीमा चढाएर स्थानीयहरूले गलकोट बजार परिक्रमा गराएर सम्मान गरेका छन् । आइतबार साँझ समापन भएको महायज्ञमा कुल ११ करोड ५० लाख रुपियाँ सहयोग सङ्कलन भएको महायज्ञ आर्थिक समितिका संयोजक रामप्रसाद शर्माले जानकारी दिनुभयो । समुदायबाट चन्दा सङ्कलन गरिएको क्याम्पसमा थप भौतिक पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित महायज्ञ सञ्चालन गरिएको संयोजक शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, महायज्ञमार्फत हामीले सङ्कलन गरेको रकमले क्याम्पसको भौतिक पूर्वाधार निर्माण र शैक्षिक गुणस्तर वृद्धिमा लगानी गर्दछौँ ।फागुन ६ गते देखि सुरु भएको महायज्ञमा श्रीमद्भागवत भाष्कर गुरुदेव कमलनयन आचार्यले दैनिक रूपमा कथावाचन गर्नुभएको थियो ।

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...