चार महिनादेखि थन्कियो शिवालय गाउँपालिकाको एम्बुलेन्स

Published on

बिरामी बोक्न खरिद गरिएको शिवालय गाउँपालिकाको एम्बुलेन्स चार महिनादेखि थन्किएको छ । समयमा मर्मतका लागि चासो नदिँदा इलाका प्रहरी कार्यालयको गेटभित्र एम्बुलेन्स थन्किएको हो । समयमै एम्बुलेन्स मर्मत नहुँदा बिरामीलाई उपचार गर्न समस्या भएको छ ।

गाउँमा बिरामी हुँदा गाडी नै नपाइने र पाइए पनि निजी जीपमा महँगो भाडा तिरेर अस्पताल लैजानुपर्दा साह्रै दुःख खेप्नु परेको गाउँपालिकावासीको गुनासो छ । एम्बुलेन्स बिग्रेको चार महिनासम्म मर्मत नगर्नु जनप्रतिनिधि र कर्मचारीले लापरवाही गरेको स्थानीय पूर्णसमिर महताराले बताउनुभयो । एम्बुलेन्स अहिले मर्मत नगर्दा बिरामी स्टेचरमा बोक्न स्थानीय बाध्य भएका नागरिकहरुको गुनासो छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बस्नेतले थन्किएको एम्बुलेन्स मर्मतका लागि धेरै खर्च लाग्ने भएपछि मर्मत गर्न नसकिएको काठमाडौं । बताउनुभयो । ‘‘एम्बुलेन्स मर्मतका लागि धेरै खर्च लाग्ने भएपछि मर्मत गर्न सकिएको छैन,’’ उहाँले भन्नुभयो, ‘अब छिट्टै नयाँ एम्बुलेन्स खरिदको तयारीमा छौँ ।’’

कर्णाली प्रदेश सरकारको १५ लाख रुपियाँ र पालिकाको पाँच लाख गरी २० लाख बराबरको एम्बुलेन्स आउन लागेको प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिनुभयो । गाउँपालिकाभित्रका नागरिकहरुलाई एम्बुन्सको सेवाबाट वञ्चित हुन नदिन गाउँपालिकाले निजी गाडीको पैसा तिरिदिने गरेको अधिकृत बस्नेतले जानकारी दिनुभयो । एम्बुलेन्स जस्तो संवेदनशील सवारी मर्मत नगरेर स्थानीय सरकारले नागरिकको उपचारमा खेलवाड गरेको स्थानीय बलबहादुर थापा बताउनुहुन्छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...