चार महिनादेखि थन्कियो शिवालय गाउँपालिकाको एम्बुलेन्स

Published on

बिरामी बोक्न खरिद गरिएको शिवालय गाउँपालिकाको एम्बुलेन्स चार महिनादेखि थन्किएको छ । समयमा मर्मतका लागि चासो नदिँदा इलाका प्रहरी कार्यालयको गेटभित्र एम्बुलेन्स थन्किएको हो । समयमै एम्बुलेन्स मर्मत नहुँदा बिरामीलाई उपचार गर्न समस्या भएको छ ।

गाउँमा बिरामी हुँदा गाडी नै नपाइने र पाइए पनि निजी जीपमा महँगो भाडा तिरेर अस्पताल लैजानुपर्दा साह्रै दुःख खेप्नु परेको गाउँपालिकावासीको गुनासो छ । एम्बुलेन्स बिग्रेको चार महिनासम्म मर्मत नगर्नु जनप्रतिनिधि र कर्मचारीले लापरवाही गरेको स्थानीय पूर्णसमिर महताराले बताउनुभयो । एम्बुलेन्स अहिले मर्मत नगर्दा बिरामी स्टेचरमा बोक्न स्थानीय बाध्य भएका नागरिकहरुको गुनासो छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बस्नेतले थन्किएको एम्बुलेन्स मर्मतका लागि धेरै खर्च लाग्ने भएपछि मर्मत गर्न नसकिएको काठमाडौं । बताउनुभयो । ‘‘एम्बुलेन्स मर्मतका लागि धेरै खर्च लाग्ने भएपछि मर्मत गर्न सकिएको छैन,’’ उहाँले भन्नुभयो, ‘अब छिट्टै नयाँ एम्बुलेन्स खरिदको तयारीमा छौँ ।’’

कर्णाली प्रदेश सरकारको १५ लाख रुपियाँ र पालिकाको पाँच लाख गरी २० लाख बराबरको एम्बुलेन्स आउन लागेको प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिनुभयो । गाउँपालिकाभित्रका नागरिकहरुलाई एम्बुन्सको सेवाबाट वञ्चित हुन नदिन गाउँपालिकाले निजी गाडीको पैसा तिरिदिने गरेको अधिकृत बस्नेतले जानकारी दिनुभयो । एम्बुलेन्स जस्तो संवेदनशील सवारी मर्मत नगरेर स्थानीय सरकारले नागरिकको उपचारमा खेलवाड गरेको स्थानीय बलबहादुर थापा बताउनुहुन्छ ।

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...