बिरामी हैन गाँजा बोक्ने एम्बुलेन्स

Published on

काठमाडौं । एम्बुलेन्सले यति बेला अवैध रूपमा गाँजा बोक्न थालेपछि पक्राउ पर्नेको सङ्ख्या दिनानुदिन सार्वजनिक हुन थालेको छ । सोमबार धनकुटाको भेडेटारमा एम्बुलेन्सभित्र ५२ किलो गाँजा फेला परेको छ । साँगुरीगढीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्समा गाँजा फेलापरेको हो । एम्बुलेन्समा गाँजा भेटिएपछि प्रहरीले चालक विराटनगर महानगरपालिका ८ का ४८ वर्षीय जयदेव चन्द्र चेललाई पक्राउ गरेको जनाएको छ ।

५२ वटा प्लास्टिकको प्याकेटमा गाँजा राखेर लैजाँदै गरेको अवस्थामा एम्बुलेन्सभित्र गाँजा फेला परेको इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख जीवन कार्कीले जानकारी दिनुभयो। झापास्थित हल्दिबारी सेवा समाजको नाममा रहेको उक्त एम्बुलेन्स नोबेल अस्पताल विराटनगरदेखि साँगुरीगढी गाउँपालिका ३ मा बिरामी लिएर आएको अनुसन्धानको क्रममा रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...