कटान रोक्न तटबन्ध निर्माण कार्य सुरु

Published on

काठमाडौं । सिरहा र सप्तरीको सीमा रहेको बलान नदीले लहान नगरपालिका(२३ मा सुख्खा मौषममा समेत जारी राखेको कटान रोक्न तटबन्ध निर्माण कार्य सुरु गरेको छ ।

५० लाखको लागतमा तटबन्ध निर्माण कार्य सुरु गरेको लहान नगरप्रमुख महेश प्रसाद चौधरीले बताउनुभएको हो । उहाँका अनुसार यसअघि दुई पटक ३० लाखभन्दा बढी रकमबाट बालुवाको बाँध र बाँसको टाटीले कटान रोक्न गरिएको प्रयास सफल नभएपछि लहान नगरपालिकाले ५० लाख र प्रदेश सरकारले ९० लाख गरी एक करोड चालिस लाखको लगानीमा वर्षातको समय आउनुअघि ठोस निर्माण कार्य अघि बढाएको हो । दुई दशक अघिदेखि पश्चिमी किनारा लहान नगरपालिकाको –२३ सखुवा नन्कारकटि गाउँपालिकाको ४ र ५ र भगवानपुर गाउँपालिकाको वडा नम्बर १ र २ मा जारी राखेको कटानले एक हजार विगहा उर्वर जमीन कटान गरेर सम्पन्न किसानहरु कति सुकुमवासी त कति सामान्य किसान भएका छन् । लहान–२३ तिलेबोना गाउँका मात्रै ५५ विगहा जमीनको लालपूर्जा घरमा र जग्गा खोलामा रहेको स्थानीय मुसहरु यादवले बताउनुभयो ।

उहाँका अनुसार गत वर्ष वाँसको टाटी र तटबन्धनको लागि क्रेटिङग गरेपनि कटान जारी रह्यो । हलुका बालुवा पश्चिमी किनारा सुख्खा मौषममा पनि कटान गरी रहेको छ । यस वर्ष कटान रोक्न सकिएन भने पश्चिमतर्फका गाउँमा बाढी पस्ने खतरा देखिएपछि वडा कार्यालय लहान नगरपालिका र प्रदेश सरकारलाई गुहारेपछि एक करोड ४० लाख बजेट विनियोजन गरिएपनि प्रर्याप्त छैन । संघ प्रदेश र स्थानीय तह लहान नगरपालिका सखुवानन्कारकटि र भगवानपुर गाउँपालिका संयुक्त रुपमा तटबन्ध गर्न करोडौं बजेट विनियोजन गरेमात्रै उर्वर हजार विगहा जमीन र पश्चिमी किनारामा रहेको तिलोबोना सिमराहा सखुवा र कल्याणपुरलाई सुरक्षित गर्न सकिने सखुवानन्कारकटि गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ूलहान नगरपालिका र भगवानपुर गाउँपालिकासँग समन्वय भइ प्रदेश र संघ सरकारसँग तटबन्ध निर्माण कार्यको लागि पहल थालेका छौं ।ू

गोरखापत्र पत्रिकाले निरन्तर कटानको खबर प्रकाशित गरेपछि प्रदेश संघ र स्थानीय सरकारको ध्यान गएको लहान–२३ का वडाध्यक्ष बद्री नारायण यादवले भन्दै विगतका वर्षमा वर्षाको समयमा तटबन्धनको लागि खर्चिने रकम प्रभावकारी नभएको अनुभव सुनाउनुभयो । यसवर्ष लहान नगरपालिका र प्रदेश सरकारले समयमै काम सुरु गरेपछि राहत हुने विश्वास जागेको उहाँले बताउनुभयो ।

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...