कटान रोक्न तटबन्ध निर्माण कार्य सुरु

Published on

काठमाडौं । सिरहा र सप्तरीको सीमा रहेको बलान नदीले लहान नगरपालिका(२३ मा सुख्खा मौषममा समेत जारी राखेको कटान रोक्न तटबन्ध निर्माण कार्य सुरु गरेको छ ।

५० लाखको लागतमा तटबन्ध निर्माण कार्य सुरु गरेको लहान नगरप्रमुख महेश प्रसाद चौधरीले बताउनुभएको हो । उहाँका अनुसार यसअघि दुई पटक ३० लाखभन्दा बढी रकमबाट बालुवाको बाँध र बाँसको टाटीले कटान रोक्न गरिएको प्रयास सफल नभएपछि लहान नगरपालिकाले ५० लाख र प्रदेश सरकारले ९० लाख गरी एक करोड चालिस लाखको लगानीमा वर्षातको समय आउनुअघि ठोस निर्माण कार्य अघि बढाएको हो । दुई दशक अघिदेखि पश्चिमी किनारा लहान नगरपालिकाको –२३ सखुवा नन्कारकटि गाउँपालिकाको ४ र ५ र भगवानपुर गाउँपालिकाको वडा नम्बर १ र २ मा जारी राखेको कटानले एक हजार विगहा उर्वर जमीन कटान गरेर सम्पन्न किसानहरु कति सुकुमवासी त कति सामान्य किसान भएका छन् । लहान–२३ तिलेबोना गाउँका मात्रै ५५ विगहा जमीनको लालपूर्जा घरमा र जग्गा खोलामा रहेको स्थानीय मुसहरु यादवले बताउनुभयो ।

उहाँका अनुसार गत वर्ष वाँसको टाटी र तटबन्धनको लागि क्रेटिङग गरेपनि कटान जारी रह्यो । हलुका बालुवा पश्चिमी किनारा सुख्खा मौषममा पनि कटान गरी रहेको छ । यस वर्ष कटान रोक्न सकिएन भने पश्चिमतर्फका गाउँमा बाढी पस्ने खतरा देखिएपछि वडा कार्यालय लहान नगरपालिका र प्रदेश सरकारलाई गुहारेपछि एक करोड ४० लाख बजेट विनियोजन गरिएपनि प्रर्याप्त छैन । संघ प्रदेश र स्थानीय तह लहान नगरपालिका सखुवानन्कारकटि र भगवानपुर गाउँपालिका संयुक्त रुपमा तटबन्ध गर्न करोडौं बजेट विनियोजन गरेमात्रै उर्वर हजार विगहा जमीन र पश्चिमी किनारामा रहेको तिलोबोना सिमराहा सखुवा र कल्याणपुरलाई सुरक्षित गर्न सकिने सखुवानन्कारकटि गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ूलहान नगरपालिका र भगवानपुर गाउँपालिकासँग समन्वय भइ प्रदेश र संघ सरकारसँग तटबन्ध निर्माण कार्यको लागि पहल थालेका छौं ।ू

गोरखापत्र पत्रिकाले निरन्तर कटानको खबर प्रकाशित गरेपछि प्रदेश संघ र स्थानीय सरकारको ध्यान गएको लहान–२३ का वडाध्यक्ष बद्री नारायण यादवले भन्दै विगतका वर्षमा वर्षाको समयमा तटबन्धनको लागि खर्चिने रकम प्रभावकारी नभएको अनुभव सुनाउनुभयो । यसवर्ष लहान नगरपालिका र प्रदेश सरकारले समयमै काम सुरु गरेपछि राहत हुने विश्वास जागेको उहाँले बताउनुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...