आचार्यको निधनसँगै नेपाली गीत/संगीतमा एउटा अध्याय समाप्त भयोः महामन्त्री थापा

Published on

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भक्तराज आचार्यको निधनसँगै नेपाली गीत\संगीतमा एउटा अध्याय समाप्त भएको बताउनुभएको छ । आचार्यको पार्थिव शरीर मङ्गलबार श्रद्धाञ्जली अर्पर्ण गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सांगीतिक क्षेत्रमा अग्र पंक्तिमा नाम लिने आचार्यको निधनसँगै देशलाई ठुलो क्षति पुगेको बताउनु भयो । उहाँले आचार्यको भौतिक शरीर नरहे पनि उहाँको सिर्जना कालजयी रहने बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘भक्तराज आचार्यसँगै एउटा अध्यायको समाप्त भएको छ । सांगीतिक क्षेत्रमा अग्र पंक्तिमा नाम आउने उहाँकै थियो । नेपाली संगीतालाई मैले केरै कुरा दिएँ भन्नेमा धेरै नै सन्तोष थियो होला । नेपाली संगीतलाई अझै निरन्तर दिनका लागि मैले मेरा दुई छोरा लगातार यो कर्ममा हुनुहुन्छ भन्ने सोच्नुभएको थियो ।’’

स्व। आचार्य सुर सम्राटका रुपमा सांगीतिक क्षेत्रमा रही रहनुहुनेछ स् महामन्त्री शर्मा
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्व। भक्तराज आचार्य सुर सम्राटका रुपमा परिचित रहनुभएको बताउनुभएको छ । उहाँले स्वर सम्राट नारायणगोपाल भएझैँ सुर सम्राटको रुपमा स्व। आचार्य रहनुभएको बताउनु भयो । उहाँले स्व। आचार्यले नेपाली गीतरसंगीतमा दिनुभएको योगदान, भाव, प्रभाव सदैव जीवित रहने जानकारी दिनुभयो । उहाँले भौतिक रुपमा नेपालीबाट टाढा भएपनि भावनात्मक र सांगीतिक क्षेत्रमा सधैँ नेपाली माझ नै रही रहने बताउनु भयो । महामन्त्री शर्माले आचार्य सांगीतिक क्षेत्रमा स्वर्णिम अध्यायको रुपमा नेपाली संगीत प्रेमीहरुको बीचमा, नेपालीहरुको बिचमा सधैँ अमर रही रहने बताउनु भयो ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...