सिमकोट गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयार

Published on

काठमाडौं । सिमकोट गाउँपालिकाले यसअघि मस्यौदाको रुपमा रहेको स्थानीय पाठ्यक्रमलाई पुस्तकका रुपमा तयार पारेकोे छ । यसै शैक्षिक सत्रबाट विद्यालयमा पठनपाठन गर्ने उद्धेश्यका साथ सिमकोटले स्थानीय पाठ्य पुस्तक तयार पारेको हो ।

गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका नायव सुब्बा कृष्ण प्रसाद आचार्यले स्थानीय पाठ्यक्रम “हाम्रो सिमकोट” लाई अन्तिम रुप दिँदै छपाई गरेर पुस्तकका रुपमा छापिएको बताउनुभयो । उहाँले स्थानीय पाठ्यक्रमको पुस्तक छापिएर जिल्लामा आइपुगेको र अब चाँडै विद्यालयहरुलाई वितरण गरिने बताउनुभयो । हाललाई दुई सय थान ठाठ्यक्रमका पुस्तक छापिएर कार्यालयमा पुगेका छन् । पाठ्यक्रमलाई अन्तिम रुप दिनका लागि गत पुस ७ गते सरोकारवाला पक्षसँग राय सुझाव माग गरिएको थियो । अब स्थानीय पाठ्यक्रम तयार भएको र आगामी फागुन १६ गतेबाट विद्यालयमा पठनपाठन सुरु भएपनि गाउँपालिकाका २५ वटै सामुदायिक र संस्थागत विद्यालयहरुमा पढाई सुरु हुनेछ । यो पाठ्यक्रम कक्षा एकदेखि आठसम्मको तयार गरिएको छ । कक्षा अनुसार एकदेखि तीनसम्म पाठ्यक्रमले समेटेका विषयहरुमा गाउँ र वडाको सामान्य परिचय, स्थानीय प्राकृतिक श्रोत तथा सम्पदा र पर्यटकीय स्थलको पहिचान, भासिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, शैक्षिक सचेतना विकास, स्थानीय परम्परागत खेल, पेशा, ब्यवसाय र प्रविधिसँग परिचित, घरभित्र र बाहिर हुने विपद्को पहिचान र स्थानीय कृषिसँग परिचित छन् ।

त्यसैगरि कक्षा चारदेखि पाँचसम्मको पाठ्यक्रममा सिमकोटको संक्षिप्त परिचय, नक्शांकन र अवस्था पहिचान, स्थानीय धार्मिक ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको परिचय महत्वबोध, स्थानीय स्तरको सामाजिक आर्थिक, भाषिक तथा शैक्षिक अवस्थाको पहिचान, स्थानीय परम्परागत खेल, पेशा व्यवसाय, प्रबिधि प्रति सम्मान तथा सीपको अभ्यास, स्थानीय कृषिसँग परिचित र अभ्यास, प्राकृतिक विपद र मानव सृजित विपदका प्रभाव तथा असरहरु बताउन, स्थानीय प्रकोप तथा जोखिमका क्षेत्रहरुको पहिचान र स्थानीय स्तरका प्राकृतिक श्रोत तथा जैविक विविधताको पहिचानका आधार कक्षामा पठन पाठन गर्न सकिनेछ । कक्षा छदेखि आठको स्थानीय पाठ्यक्रममा समेटिएका विषयहरुमा सिमकोटको संक्षिप्त परिचय, नक्शांकन र इतिहासको जानकारी, सिमकोटको सामाजिक, आर्थिक शैक्षिक अवस्थाको पहिचान, सिमकोट भित्रको भाषा, लोक साहित्स, भेषभूषा चाडपर्व, रीतिरिवाज, सस्कार र संस्कृतिको खोजी पहिचान र संरक्षण, स्थानीय धार्मिक तथा पर्यटकीय स्थलहरुको खोज, पहिचान र संरक्षणमा तत्परता, स्थानीय कृषिसँग परिचित र अभ्यास, स्थानीय परम्परागत पेशा, सीप, व्यवसाय र प्रविधिको परिचय, महत्व, सम्भावना र सीपको अभ्यास, स्थानीय स्तरका प्राकृतिक श्रोत तथा जैविक विविधताको पहिचान र खोजी, स्थानीय प्रकोप र जोखिम व्यवस्थापनको अवधारण बोध र व्यवस्थापनमा सहयोग, वन पैदावार, खोलानाला, दह, कुण्ड, नदी, हिमालको पहिचान र महत्व

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...