करेन्ट लागेर एक जनाको मृत्यु

Published on

काठमाडौं । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका(७ चिमखोलामा रहेको टुण्डी हाइड्रो पावरमा काम गर्ने मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । टुण्डी हाइड्रोको कन्सट्रक्सनको काम गर्ने क्रममा रामेछाप कन्ट्रक्सनका मजदुर सल्यान बागचौर नगरपालिका(८ का ३२ वर्षीय कमल योगीको मृत्यु भएको हो ।

चिमखोलास्थित टुण्डी हाइड्रो पावरको विद्युत् निर्माणको काम भइरहेको ठाउँमा योगीलाई एक्कासि करेन्ट लागेको थियो । उहाँलाई जोगाउने प्रयास गर्दा रामेछाप जिल्लाको लिखातामा गाउँपालिका–६ का २४ वर्षीय प्रवीण थापालाई समेत करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी अशोककुमार झाले जानकारी दिनुभयो । बुधबार बेलुका करेन्ट लागेपछि दुबै जनालाई उपचारका लागि बेनी अस्पतालमा ल्याइएकोमा अस्पतालका डाक्टरले योगीलाई मृत घोषणा गरेको सूचना अधिकारी झाले जानकारी दिनुभयो । एक जनाको भने अहिले बेनी अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

ताजा समाचार

अव्यवस्थित सहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित सहरीकरणले विश्वमै समस्या ल्याएको र...

‘याक संरक्षणका लागि सङ्गठित प्रयास आवश्यक’

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले याकपालनले हिमाली समुदायको आयआर्जन, खाद्य र...

पाँच सय कृषकको भागमा सात बोरा मल

काठमाडौँ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० का करिब पाँच सय कृषक व्यावसायिक तरकारी खेतीमा संलग्न...

पर्यटन विकास कार्यालय गौर दुई कर्मचारीको भरमा

काठमाडौँ । रौतहटको गौरमा रहेको पर्यटन विकास कार्यालय दुई जना कर्मचारीको भरमा चलेको छ...