उत्पादन लागत घटाउन कृषिमा यान्त्रिकीकरण

Published on

काठमाडौं । बागलुङ नगरपालिकाले कृषिजन्य वस्तुको उत्पादन लागत घटाउनका लागि यान्त्रिकीरणको प्रयोगमा जोड दिएको छ । नगरपालिकाले नीति तथा कार्यक्रममा स्वीकृत योजनाअन्तर्गत किसानलाई अनुदानमा थ्रेसर मेसिन प्रदान गरेको हो ।

नगरपालिकाले पाँच सय किसानलाई सेवा दिनेगरी तीनवटा किसान समूह, एउटा सहकारी संस्था र छ किसानलाई गरी १० वटा थ्रेसर मेसिन पचास प्रतिशत अनुदानमा उपलब्ध गराएको हो । नगरपालिकाले वडा तहगतरुपमा पायक पर्ने गरी गहुँ, कोदो र धान चुट्ने थ्रेसर मेसिन हस्तान्तरण गरिएको जनाएको छ । दक्ष जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझिदै गएपछि कृषिमा यन्त्रिकीकरण बढाउन सुरु गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठको भनाइ छ । गत वर्ष मिनीटेलर हलो अनुदानमा वितरण गरेको नगरपालिकाले यसपटक थ्रेसर मेसिन हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले चालु आर्थिक वर्षमा मेसिन खरिदका लागि तीन लाख बजेट विनियोजन गरेको थियो । नगरपालिकाले एउटा थ्रेसर मेसिनलाई ५८ हजारमा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको हो । “एउटा मेसिनले ५० घरलाई धान, गहुँ, तोरी र कोदो चुट्न पुग्छ । प्रविधिको प्रयोगले जनशक्ति पनि कम खर्च हुन्छ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “लागत घटेपछि किसानलाई नाफा बढ्छ ।”

गाउँमा युवा पलायनले जनशक्ति नहुँदा धान, गहुँ, कोदो स्याहार्न समस्या हुने भएपछि अनुदानमा मेसिन उपलब्ध गराइएको उहाँको भनाइ छ । अनुदानमा थ्रेसर मेसिन पाउँदा सहज भएको किसान सुरेश विकले बताउनुभयो । “दैनिक ज्यालादारीमा धान, गहुँ चुट्दा धेरै खर्च लाग्छ, थ्रेसर मेसिनले एकै घण्टामा सक्ने काम दिनभर गर्न गाह्रो हुन्छ, यसले समय र खर्च दुवै बचाएका छ”, विकले भन्नुभयो । पालिकाले कालिमाटी कृषक समूह, ठाडाँस्वारा कृषक समूह, रुम्टा कृषक समूह, पालुवा कृषि सहकारी र छ किसानलाई मेसिन हस्तान्तरण गरिएको जनाएको छ । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...