नेपालले दियो नामिबियालाई १८१ रनको लक्ष्य

Published on

काठमाडौं । नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई जितका लागि एक सय ८१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८० रन बनायो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय इनिङ्स खेल्नुभयो । ५५ रन जोड्नुभएको उहाँले ३७ बलमा एक चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै आरिफ शेखले ३१, गुलशन झाले २६, ओपनर अनिल शाहले २३, दीपेन्दसिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १० र करण केसीले सात रन बनाउनुभयो ।

बलिङमा नामिबियाका बेन सिकोन्गोले तीन विकेट लिनुभयो । ज्याक ब्रसेलले दुई तथा जान निकोल, ब्रान्ड स्कल्ज र रुवेन ट्रम्पलम्यानले एक एक विकेट झार्नुभयो । अघिल्ला दुई खेलमा लगातार हार खेपेको नेपाललाई फाइन खेल्न नामिबियासँग आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । यस्तै लगातार दुई खेल जितेको नेदरल्यान्ड्सले चार अङ्क बनाएको छ । नामिबियाको दुई खेलबाट दुई नै अङ्क बनाएको छ । नामिबिया नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो ।

दुई खेलमा पराजित नेपाल अङ्कविहीन छ । यदि आज नामिबियासँग पराजित भएका नेपाल फाइनल खेल्ने दौडबाट बाहिरिनेछ । नेपाललाई हराएमा नामिबिया फाइनल पुग्नेछ । नेपालले यस सिरिजको अन्तिम तथा चौथो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...