कर्णाली नदीको पानी घरघरमा पुर्‍याउने

Published on

काठमाडौं । कैलालीको लम्कीमा कर्णाली नदीको पानीलाई लिफ्टको माध्यमबाट शुद्ध खानेपानी घरघरमा पुर्‍याउने उद्देश्यका साथ खानेपानी आयोजनाको काम शुरु गरेको छ ।

आयोजनाले पूर्णता पाएपछि लम्कीचुहा नगरपालिकाका करिब १३ हजार घरधुरीका उपभोक्ताले शुद्ध खानेपानी उपभोग गर्न पाउने छन् । लम्कीचुहा साना सहरी लगानी खानेपानी तथा सरसफाइ अयोजनाको शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरमा शिलान्यास गर्नुभयो । आयोजनाको कुल लागत ९० करोड रुपियाँ छ । पहिलो चरणको आयोजनाको शिलान्यास गर्दै मुख्यमन्त्री शाहले खानेपानी आयोजनाले लम्कीचुहावासीलाई समयमै शुद्ध खानेपानीको सुविधा दिने गरी काम हुने बताउनुभयो । उहाँले निर्माण कार्यलाई छिटोछरितो र गुणस्तरीय रुपमा समयमै सम्पन्न गराउन निर्माण कम्पनीलाई सुझाव दिनुभयो ।

पहिलो चरणमा कर्णाली नदीको पानी लिफ्ट प्रविधिबाट तानेर राखिने पाँच मिटर जमिनमुनि र पाँच मिटर जमिनभन्दा माथि गरी १० मिटरका पाँच वटा इनार निर्माण हुनेछ । त्यससँगै चार लाख ५० हजार लिटर क्षमता भएको भूमिगत ट्याङ्की निर्माण गरिने प्रशंसा निर्माण कम्पनीका सञ्चालक दीर्घराज जोशीले जानकारी दिनुभयो । १४ करोड ७७ लाख ९५ हजार ६१३ रुपियाँ लागतमा २०८२ भदौमा सम्पन्न हुने गरी पहिलो चरणको योजना सम्झौता भएको लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष तेजबहादुर चलाउनेले जानकारी दिनुभयो । पहिलो चरणमा आयोजनाको कुल रकममध्ये सङ्घीय सरकार खानेपानी मन्त्रालयको ७० प्रतिशत र खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २५ प्रतिशत लगानी रहने जनाइएको छ ।

लम्कीचुहा नगरपालिका ३ बल्चौरीमा निर्माण हुने खानेपानी आयोजनाले उपभोक्ताको घरघरमा कर्णाली नदीको शुद्ध खानेपानी पुग्ने विश्वास व्यक्त गर्दै पुरानो प्रविधीका कारण पानीको गुणस्तरमा कमी, पाइपमा पानी अवरुद्ध हुनेलगायतका समस्या समाधान हुने अपेक्षा अध्यक्ष चलाउनेको छ । प्रतिसेकेन्ड एक सय आठ लिटरका दरले पानी तानेर चार सय ८५ किलोमिटर नयाँ पाइप लाइनमार्फत कर्णाली नदीको पानी उपभोक्ताको धारासम्म पुग्नेछ । उक्त अयोजनाबाट लम्कीचुहा नगरपालिका वडा नम्बर १,२ का उपभोक्तालाई पूरा र वडा नम्बर ३, ४, ५ मा आंशिक उपभोक्ताका घरघरसम्म शुद्ध खानेपानी पुग्ने बताइएको छ । खानेपानी आयोजनाको शिलान्यास कार्यक्रममा लम्कीचुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाही, उपप्रमुख जुना चौधरी, वडाध्यक्षहरुलगायतको उपस्थिति थियो ।

spot_img

ताजा समाचार

मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ...

दमकमा अस्थायी हेलिप्याड र हवाई गस्तीको तयारी

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासोका हेरिएको झापाको क्षेत्र नं.५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य...

उपत्यकामा मतदान केन्द्र व्यवस्थापन अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं । बिहीबार हुने मतदानका लागि काठमाडौँ उपत्यकामा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको...