अर्घाखाँचीमा आगलागी नियन्त्रणको पूर्वअभ्यास

Published on

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका(१ मा रहेको टुँडिखेलमा आगलागीका घटना न्यूनीकरण गर्न कृत्रिम घटना सृजना गरी नियन्त्रणको पूर्वअभ्यास गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल पुलिसले संयुक्तरुपमा ‘डेमो’ प्रदर्शन गरेका हुन् । हावाहुरीको समय भएकाले आगलागीका घटना हुन सक्ने हुँदा यसबाट बच्ने उपायसहित पूर्वअभ्यास गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रतितसिंह राठोरले बताउनुभयो । अर्घाखाँचीमा गत वर्ष ४२ स्थानमा आगलागी भएको थियो । एक हजार ६६ हेक्टर जङ्गलमा आगलागी हुनाका साथै आगलागीमा परी गत वर्ष पाँचजनाले ज्यान गुमाएका प्रनाम राठोरले बताउनुभयो । घटना नदोहोर्‍याउन, भइहाले कमभन्दा कम क्षतिमा न्यूनीकरण गर्न, सुरक्षाकर्मीसँग भएका आवश्यक सरसमान परिचालन गर्ने, अपुग सामग्रीको व्यवस्थापन गर्नेलगायत विषयको पूर्वतयारीका लागि जिल्लाका सुरक्षा निकायले पूर्वाभ्यास कार्यक्रम गरेको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताउनुभयो ।

टुँडिखेल मैदानमा आगलागीसम्बन्धी डेमो प्रदर्शन गरिएको भन्दै यो विपद् नियन्त्रणका लागि फलदायी अभ्यास भएको उहाँको भनाइ छ । कृत्रिम भए पनि घटनालाई वास्तविक जस्तै बनाइएको थियो । घटनामा तीनवटै सुरक्षा निकाय, रेडक्रस, र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रण, उद्धार तथा घाइतेको उपचारको व्यवस्था गरिएको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष कुशल भुसालले बताउनुभयो । तराई, पहाड तथा सहरी क्षेत्रमा आगलागीको जोखिम भएकाले स्थानीयलाई सुसूचित गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला विपद् व्यवस्थापन समिति अर्घाखाँचीले जनाएको छ । रासस

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...