बालुवाटारमा नयाँ गठबन्धनको बैठक

Published on

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी रहेको छ । नेपाली कांग्रेससँगको सत्ता गठबन्धनमा घटपट भएपछि नयाँ गठबन्धनको बैठक बसेको हो ।

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा कांग्रेसबाहेकका राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार सोमबार दिउँसो ३ः३० बजेदेखि सुरु भएको बैठक जारी रहेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुको सहभागिता रहेको छ ।

सोमबार राजनीतिक घटनाक्रम एकाएक विकसित भएपछि नयाँ समीकरण तथा समसामयिक विषयमा छलफल भइरहेको जानकारी सल्लाहकार आचार्यले दिनुभयो ।

spot_img

ताजा समाचार

कांग्रेस महाधिवेशनमा रवि, ओली, प्रचण्डसहित विभिन्न दलका शीर्ष नेता सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी...

कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी, विधान संशोधनको मस्यौदा तयार

  काठमाडौँ । नेपाली कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी गरिएको छ। पार्टीको...

रास्वपा केन्द्रीय समिति बैठक आज, संगठन विस्तार र स्थानीय निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। सभापति...

आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...