रैथाने बाली प्रवर्द्धनमा जोड

Published on

काठमाडौं । ताप्लेजुङमा रैथाने बालीको प्रवर्द्धन तथा बजारीकरणमा जोड दिइने भएको छ । किसानको आयआर्जन बढाउनुका साथै बाली संरक्षणका लागि जिल्लामा उत्पादन हुने रैथाने तथा नगदेबालीको प्रवर्द्धन तथा बजारीकरणमा जोड दिइने भएको हो ।

सदरमुकाम फुङ्लिङमा आयोजित ‘कृषि उद्यमशीलताको सम्भावना’ विषयक कार्यशाला गोष्ठीका सहभागीले रैथाने बालीको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका हुन् । मुना कृषि लिमिटेडको आयोजना तथा जिल्ला समन्वय समितिको संयोजनमा भएको गोष्ठी सोमबार सम्पन्न भएको हो । गोष्ठीमा पछिल्लो समय रैथाने बाली लगाउन छोड्नाले उत्पादन न्यून हुँदैगएको र कतिपय रैथाने बाली लोप हुने अवस्था आएकाले संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको सहभागीले बताएका हुन् । गोष्ठीमा सहभागी फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले रैथाने बाली प्रवर्द्धन गर्न पहल गर्नुपर्ने बताउनुभयो । रैथाने बाली संरक्षण गर्दै प्रवर्द्धन गर्ने कार्यमा किसानको भूमिका महत्त्वपूर्ण रहने उहाँको भनाइ छ । यस्तै, मेरिङ्देन गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङ्गाम ९डम्बर०ले पनि रैथाने बाली लगाउन चलन हराउँदै गएकाले प्रवर्द्धनको खाँचो रहेको धारणा राख्नुभयो ।

मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले पनि रैथाने बाली प्रवर्द्धनका लागि खेतीमा जोड दिनुपर्ने बताउनुभयो । रैथाने बाली लगाउनमा स्थानीय किसान जागरूक हुनुपर्ने र यसका लागि स्थानीय सरकारले सहयोग तथा प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ थियो । यता गोष्ठीमा स्थानीय तहको सहकार्यमा मकै, फापर, भटमास, सूर्यमुखीजस्ता रैथाने बाली प्रवर्द्धनसँग सम्बन्धित क्षेत्रमा काम गर्ने विषयमा छलफल भएको छ । मुना कृषि लिमिटेडकी प्रमुख प्रबन्धक सीता पाण्डेका अनुसार रैथाने बाली प्रवर्द्धनको कामसँगै उत्पादित वस्तुको प्रशोधन र बजारीकरणका लागि आवश्यक पहल गर्ने निर्णयसमेत भएको छ । जिल्लास्तरीय कार्यशाला गोष्ठी जिल्ला समन्वय समितिका उपप्रमुख कृष्णप्रसाद लिङ्खिमको अध्यक्षतामा सम्पन्न भएको छ । गोष्ठीमा स्थानीय जनप्रतिनिधि, विभिन्न कृषि तथा सहकारी सङ्घ–संस्थाका प्रतिनिधिलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो । रैथाने बाली प्रवर्द्धनको योजनासम्बन्धी प्रस्तुति मुना कृषि लिमिटेडकी प्रमुख प्रबन्धक पाण्डेले गर्नुभएको थियो ।

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...