रैथाने बाली प्रवर्द्धनमा जोड

Published on

काठमाडौं । ताप्लेजुङमा रैथाने बालीको प्रवर्द्धन तथा बजारीकरणमा जोड दिइने भएको छ । किसानको आयआर्जन बढाउनुका साथै बाली संरक्षणका लागि जिल्लामा उत्पादन हुने रैथाने तथा नगदेबालीको प्रवर्द्धन तथा बजारीकरणमा जोड दिइने भएको हो ।

सदरमुकाम फुङ्लिङमा आयोजित ‘कृषि उद्यमशीलताको सम्भावना’ विषयक कार्यशाला गोष्ठीका सहभागीले रैथाने बालीको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका हुन् । मुना कृषि लिमिटेडको आयोजना तथा जिल्ला समन्वय समितिको संयोजनमा भएको गोष्ठी सोमबार सम्पन्न भएको हो । गोष्ठीमा पछिल्लो समय रैथाने बाली लगाउन छोड्नाले उत्पादन न्यून हुँदैगएको र कतिपय रैथाने बाली लोप हुने अवस्था आएकाले संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको सहभागीले बताएका हुन् । गोष्ठीमा सहभागी फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले रैथाने बाली प्रवर्द्धन गर्न पहल गर्नुपर्ने बताउनुभयो । रैथाने बाली संरक्षण गर्दै प्रवर्द्धन गर्ने कार्यमा किसानको भूमिका महत्त्वपूर्ण रहने उहाँको भनाइ छ । यस्तै, मेरिङ्देन गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङ्गाम ९डम्बर०ले पनि रैथाने बाली लगाउन चलन हराउँदै गएकाले प्रवर्द्धनको खाँचो रहेको धारणा राख्नुभयो ।

मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले पनि रैथाने बाली प्रवर्द्धनका लागि खेतीमा जोड दिनुपर्ने बताउनुभयो । रैथाने बाली लगाउनमा स्थानीय किसान जागरूक हुनुपर्ने र यसका लागि स्थानीय सरकारले सहयोग तथा प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ थियो । यता गोष्ठीमा स्थानीय तहको सहकार्यमा मकै, फापर, भटमास, सूर्यमुखीजस्ता रैथाने बाली प्रवर्द्धनसँग सम्बन्धित क्षेत्रमा काम गर्ने विषयमा छलफल भएको छ । मुना कृषि लिमिटेडकी प्रमुख प्रबन्धक सीता पाण्डेका अनुसार रैथाने बाली प्रवर्द्धनको कामसँगै उत्पादित वस्तुको प्रशोधन र बजारीकरणका लागि आवश्यक पहल गर्ने निर्णयसमेत भएको छ । जिल्लास्तरीय कार्यशाला गोष्ठी जिल्ला समन्वय समितिका उपप्रमुख कृष्णप्रसाद लिङ्खिमको अध्यक्षतामा सम्पन्न भएको छ । गोष्ठीमा स्थानीय जनप्रतिनिधि, विभिन्न कृषि तथा सहकारी सङ्घ–संस्थाका प्रतिनिधिलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो । रैथाने बाली प्रवर्द्धनको योजनासम्बन्धी प्रस्तुति मुना कृषि लिमिटेडकी प्रमुख प्रबन्धक पाण्डेले गर्नुभएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...