सिमसार क्षेत्र संरक्षणमा जुट्दै स्थानीय

Published on

काठमाडौं । कावासोती, फागुन २२ गते । नवलपुर जिल्लाको देवचुली नगरपालिकामा रहेको शनिश्चरे तालको संरक्षणमा स्थानीय लागि परेका छन् । जिल्लाकै ठुलो ताल शनिश्चरे तालको पुनर्निर्माण गरिएको छ । सिमसारको रुपमा रहेको यस क्षेत्रको संरक्षण गर्दै तालको रुपमा विकास गरिएको हो । जिल्लाको देवचुली नगरपालिका–१ मा अवस्थित तालको गण्डकी प्रदेश सरकार र उपभोतmा समितिको सहयोगमा पुनर्निर्माण गरिएको हो ।

सिसबार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले जैविक विविधताका हिसाबले समेत महत्त्वपूर्ण रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “जैविक विविधताको संरक्षण गर्दै पर्यटनको माध्यमबाट दिगो जीविकोपार्जन गर्नका लागि यो तालको महत्त्व रहेको छ ।” गैँडा, मृगलगायतका वन्यजन्तुलाई पानीको स्रोत, लोपउन्मुख चराको बासस्थानका लागि निकै उपयोगी रहेकाले पहिला रहेको ऐतिहासिक तालको रुपमा विकास गरिरहेका छौँ । ३१ बिघा क्षेत्रफलमा फैलिएको शनिश्चरे ताल साँघुरिँदै गएपछि ताल सफा गर्ने, ताल पुरिएको स्थानमा खन्ने लगायतको कार्य भएको छ । गत वर्ष गण्डकी प्रदेश सरकारको ४० लाख र उपभोक्ता समितिबाट चार लाख ३४ हजार चार सय २१ गरी कूल ४४ लाख ३४ हजार चार सय २१ लागतमा पुनर्निर्माण गरिएको अध्यक्ष पाण्डेले बताउनु भयो ।

पूर्व पश्चिम राजमार्गको देवचुली नगरपालिकाको केउरेनीदेखि दुई दशमलव पाँच किलोमिटरको दूरीमा रहेको शनिश्चरे ताललाई जिल्लाकै आकर्षक पर्यटकीय स्थलको रुपमा विकास गर्न १५ करोडको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार पारिएको अध्यक्ष पाण्डेको भनाइ छ । यस ताललाई पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउन गण्डकी प्रदेशले सहयोग गरेको र यसको डीपीआर भइसकेको छ । पार्क, मचान, दृश्यावलोकन स्तम्भसहितका संरचना बनाउने गरी विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको छ । दिव्य मध्यवर्ती सामुदायिक वनका अध्यक्ष सुबास ओझाले वनले दुई विघा क्षेत्रफल(ताल) मा अहिले माछापालन समेत गरेको बताउनु भयो । यसले लक्षित वर्ग माझी, मुसहर, बोटे समुदायको आर्थिक उपार्जनमा सहयोग पुग्नेमा आफुहरु विश्वस्त रहेको उहाँले बताउनु भयो । मानव स्वास्थ्यको आधार रहेको सिमसारलाई संरक्षण गर्न सके मानवको अस्तित्व रहने अध्यक्ष ओझा बताउनुहुन्छ ।

सिमसार क्षेत्र विश्वको ४० प्रतिशत विविधतामा आधारित चराचुरुङ्गी तथा किरा फट्याङ्ग्राको उत्पत्ति स्थल रहेकाले यसलाई असर पुर्‍याउनु भनेको हामी आफैँले आफ्नो स्वास्थ्य तथा जनजीवनमा नकारात्मक प्रभाव पुर्‍याउनु जस्तै हो । यद्यपी यसको संरक्षणमा सबै एकजुट हुन आवश्यक रहेको दिव्य मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ओझाले बताउनु भयो ।

ताजा समाचार

पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन

काठमाडौं । पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको बुधबार राजधानी लिमामा ८६ वर्षको उमेरमा निधन भएको...

गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु

काठमाडौं । इजरायलले मध्य गाजामा विस्थापित प्यालेस्टिनीले आश्रय लिएको एक विद्यालयमा गरेको हमलामा राष्ट्रसङ्घका...

नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा समिति स्पष्ट हुनुपर्छ : गृहमन्त्री लेखक

काठमाण्डौं , भदौं २६ गते । गृहमन्त्री रमेश लेखकले नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने...

धार्चेको काशीगाउँ स्वास्थ्य चौकी पुनःनिर्माण

काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिका–६ स्थित काशीगाउँ स्वास्थ्य चौकीको भवन पुनःनिर्माण सम्पन्न भएको...