मैवाखोलाका छ वटै वडामा राष्ट्रिय प्रसारण लाइन

Published on

काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका छ वटै वडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत जडान भएको छ। गाउँपालिकाको वडा ५ र ६ फाकुम्बामा बुधबार विद्युत परीक्षण सफल भएसँगै सो गाउँपालिकाको छ वटै वडामा राष्ट्रिय प्रसारण लाइन जडान भएको हो।

वडा १ र २ ढुङ्गेसाँघुमा केहीवर्ष पहिले नै राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको थियो। वर्तमान गाउँपालिकाका पदाधिकारी निर्वाचित भएर आएपछि बाँकी सबै वडामा विद्युतीकरण गर्नेगरी पहल सुरु गरिएको र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने काम सम्पन्न भएको छ। कामलाई तीव्रता दिएसँगै पालिकाभर नै विद्युत जडान भइसकेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो। गाउँपालिकाको पदाधिकारी (जनप्रतिनिधि) निर्वाचित हुनुभन्दा पहिलेदेखि नै विद्युतीकरणको पहल गरेको र राष्ट्रिय प्रसारण लाइन जोड्ने कार्यले सार्थकता पाएको अध्यक्ष वनेमको भनाइ छ।

उहाँले राष्ट्रिय प्रसारण लाइन विस्तारको योजनाका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय धेरै पटक धाएको बताउनुभयो। आफ्नो नेतृत्वमा सिङ्गो गाउँपालिकाले सुरु गरेको योजना बल्ल सफल भएको उहाँको भनाइ छ। अब राष्ट्रिय प्रसारण लाइन जडान भएसँगै मैवाखोला गाउँपालिकाको वडा १ र २ ढुङ्गेसाँघु, वडा ३ र ४ साँघु र वडा ५ र ६ फाकुम्बाका उपभोक्ताले बिजुली बत्ती बाल्न भएका छन्। फाकुम्बाको दुर्गम बस्ती साम्तुङ लगायतमा भने राष्ट्रिय प्रसारण लाइन बिस्तार गरी सक्नलाई अझै केही समय लाग्ने गाउँपालिकाले जनाएको छ। उक्त बस्तीमा गाउँपालिकाले यसअघि केही परिवारलाई सोलार बत्ती वितरण गरेको छ भने बाँकी परिवारलाई पनि तत्कालका लागि सोलार वितरण गर्ने गाउँपालिकाको योजना रहेको बताइएको छ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...