जाखोर तालमा हटाइयो जलकुम्भी

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित जाखोर ताललाई प्राकृतिक स्वरूपमै संरक्षण गरिएको छ । देवहरिया वनस्पति उद्यानस्थित सो तालमा ढाकिएको मिचाहा प्रजाति जलकुम्भी हटाइएको छ ।

जाखोर तालमा नियमित सरसफाइ नहुँदा कुरूप बन्दै गएको थियो । सुक्खा नलाग्दै पानी सुकेर बगर जस्तो बन्ने समस्या थियो । मिचाहा प्रजाति जलकुम्भी सफा गरिएपछि विभिन्न प्रजातिका जलीय वनस्पतिसहित चराको उपस्थिति बढेको देवहरिया वनस्पति उद्यानले जानकारी दिएको छ । जाखोर तालले पर्यावरणीय सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइएको छ । वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख गङ्गादत्त भट्टका अनुसार यो तालमा फूल फुल्ने वनस्पतिका आदिम प्रजाति पाइने गरेका छन् । जाखोर तालमा सेतो कमल (निम्फिया लोटस) र निलो कमल ९निम्फिया नौचाली० पाइने गरेको छ । यी दुई प्रजातिका कमल कैलालीको ठुला ताल घोडाघोडी र महादेवामा समेत पाइँदैन । जाखोर तालमा सेतो र निलोसहित ठुलो फूल फुल्ने कमल गरी तीन प्रकारका कमल पाइने गरेको छ । ठुलो पात र फूल फुल्ने प्रजातिको कमल घोडाघोडी, महादेवासहित जिल्लाका अन्य तालमा पनि पाइने गरेको छ ।

पर्यावरणीय सन्तुलनका लागि अति महत्त्वपूर्ण थुप्रै जलीय वनस्पतिसहित अति दुर्लभ जङ्गली धान (ओराइजा रुफिपोगन) पनि जाखोर तालमा पाइने गरेको छ । तालमा पाइने रैथाने जलीय वनस्पतिका कारण जाखोर ताल विभिन्न प्रजातिका चराका लागि महत्त्वपूर्ण गन्तव्य बनेको चराविद् हिरूलाल डङ्गौराले बताउनुभयो । जलीय वनस्पतिमा चराले आहारविहार र प्रजनन गर्ने गरेको उहाँको भनाइ छ । तालमा रहेको सेतो फूल फुल्ने वनस्पति चराका लागि अझ महत्त्वपूर्ण भएको बताइन्छ । पछिल्लो समय नेपालमा सङ्कटापन्न सूचीमा रहेको नकटा चरा जाखोर तालमा देखा पर्न थालेका छन् । केही दिनअघि चरा अवलोकनका क्रममा सो तालमा नकटासहित १४ प्रजातिका जलपन्छी अभिलेख गरिएको थियो । जाखोर ताल जैविक विविधता संरक्षणका लागि उत्कृष्ट र अति महत्त्वपूर्ण रहेको भारतको दुधुवा नेसनल पार्कका चरासम्बन्धी अध्येता विक्रम तिवारीले जानकारी दिनुभयो ।

जाखोर ताललगायत मुर्खुट्टा, मुर्खुट्टी तालको संरक्षण र व्यवस्थापन कार्यलाई प्राथमिकतामा राखेर जैविक विविधताको संक्षण र पर्यापर्यटनको विकासमा अघि बढ्नुपर्ने बताइन्छ । तालको संरक्षण, पर्यापर्यटन, अध्ययन, अनुसन्धानका लागि गुरुयोजना बनाउने तयारी भइरहेको र जाखोर तालमा चरा अवलोकन केन्द्र पनि बनाइने तयारी रहेको बताइन्छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...