मान्म–कोटवाडा केबुलकार डिपिआर तयार

Published on

 कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नम्वर १ मान्म र नरहरिनाथ गाउँपालिकाको कोडवाडा जोड्ने केबुलकार निर्माणको लागत प्रतिवेदन सार्वजनिक भएको छ । कालीकोट जिल्लाका स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा मान्म–कोडवाडा केबुलकार सम्भाव्यता अध्ययन सम्बन्धी प्रतिवेदन माथि छलफल गदै लागत अनुमान सार्वजनिक गरिएको हो । 

कालीकोटको हालै सम्पन्न जिल्ला सभाले समेत केबुलकार निमार्णका लागि प्रदेश र सङ्घ सरकारलाई आग्रह गर्ने निर्णय गरे लगतै भएको लागत अनुमान सहितको प्रतिवेदन माथिको छलफलमा तत्काल ठेक्का आव्हान भएर सरकारले नै केबुलकार निमार्ण गर्नु पर्ने माग भएको हो । लागत अनुमान सहितको प्रतिवेदन सार्वजनिक भए पनि कसले निमार्ण गर्ने भन्ने अहिले सम्म ठेगान छैन । केबुलकार निमार्णका लागि जम्मा लागत एक अर्ब १४ करोड ८४ लाख ६५ हजार लाग्ने अनुमान गरिएको छ । यसको लम्बाइ दुई हजार १४७ मिटर र उचाइ ८२९ मिटर हुनेछ भने प्रतिसेकेन्ड ६ मिटर हिँड्ने र एक पटकमा १५ जना आउन-जान पाउने छन्, प्रतिवेदनमा उल्लेख छ । यस्तै एक ठाउँबाट अर्को ठाउँमा जान ६ मिनेट लाग्ने छ । कालिकोटमा केबुलकार आयोजना सञ्चालनमा आएपछि जनताले यातायात सेवामा पहुँच, पर्यटन क्षेत्रको विकास प्रवर्द्धन हुनुका साथै जनताको आर्थिक अवस्था परिवर्तन हुने यहाँका नागरिकको विश्वास छ । पूर्वाधार विकास कार्यालय, कालीकोटका प्रमुख रामचन्द बिसीले केबलकार निर्माण कम्पनी प्रालि ललितपुरले १७ लाख ३० हजार लागतमा सम्भाव्यता अध्ययन गर्ने जिम्मा लिएको जानकारी दिनुभयो । 

२०६४ सालको संविधान सभा निर्वाचन वाट निर्वाचित खड्कवहादुर बिश्वक्रर्माले  केबुलकारको कुरा उठाउनु भएको थियो । तर सम्भाव्यता अध्ययन गर्न मात्र १५ वर्ष लागेकाले ढिलो हुँदै गएको प्रति कालीकोटका नागरिक निराश छन् । एमाले कालीकोटका उपाध्यक्ष दयाराम सिम्खडाले मान्म–कोडवाडा केबुलकार निर्माणपछि पर्यटन प्रवर्द्धनका साथै आवतजावत गर्न पनि सहज हुने आम अपेक्षा १५ वर्ष देखि अन्यवलमा रहेको गुनासो गर्नुभयो ।  अहिले मान्मदेखि कोडवाडा जान गाडीमा ३ घण्टा र पैदल जाँदा ६ घण्टा लाग्ने गरेको छ ।  नरहरिनाथको कोडवाडामा सुनथराली विमानस्थल निर्माण गरिएको छ । केबुलकार तयार भएको छैन अनि त्यो विमानस्थल कसरी प्रयोगमा आउने भन्दै प्रश्न गर्नुभयो । उपाध्यक्ष सिम्खडाले तत्काल केबुलकार निमार्णको बिकल्प नभएको भन्दै पदमा रहेकाले सोच्नु पर्ने बताउनुभयो । मान्म–कोडवाडा केबुलकार निर्माणको लागि प्रतिनिधिसभाका सांसद महेन्द्रबहादुर शाहीले आफ्नो तर्फबाट पहल गरिरहेको औपचारिक प्रतिक्रिया दिनुभयो । 

यस्तै कर्णाली प्रदेशका सांसद हिक्मत बिष्टले निरन्तर पहल गरिरहेको भन्दै आफू निर्वाचित भएदेखि निर्माण गर्नका लागि सबैतिर पहल गरेको भए पनि प्रगती खासै नभएको प्रतिक्रिया दिनुभयो । मान्म–कोडवाडा केबुलकारको अन्तिम रिपोट सुनाउँदै निर्माण प्रतिवेदन कम्पनीका गुणराज ढकालले यो आयोजना निर्माण सम्पन्न गर्न १८ महिना लाग्ने बताउनुभयो । उहाँले श्रोत जुटाउन भने समस्या रहेको प्रतिक्रिया दिनुभयो । प्रतिवेदन सुन्न जम्मा भएका सहभागीहरूले मान्म–कोडवाडा केबुलकार निर्माण छिटो गर्न सांसद र मन्त्रीहरूलाई सुझाव दिएका थिए । 

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...