मान्म–कोटवाडा केबुलकार डिपिआर तयार

Published on

 कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नम्वर १ मान्म र नरहरिनाथ गाउँपालिकाको कोडवाडा जोड्ने केबुलकार निर्माणको लागत प्रतिवेदन सार्वजनिक भएको छ । कालीकोट जिल्लाका स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा मान्म–कोडवाडा केबुलकार सम्भाव्यता अध्ययन सम्बन्धी प्रतिवेदन माथि छलफल गदै लागत अनुमान सार्वजनिक गरिएको हो । 

कालीकोटको हालै सम्पन्न जिल्ला सभाले समेत केबुलकार निमार्णका लागि प्रदेश र सङ्घ सरकारलाई आग्रह गर्ने निर्णय गरे लगतै भएको लागत अनुमान सहितको प्रतिवेदन माथिको छलफलमा तत्काल ठेक्का आव्हान भएर सरकारले नै केबुलकार निमार्ण गर्नु पर्ने माग भएको हो । लागत अनुमान सहितको प्रतिवेदन सार्वजनिक भए पनि कसले निमार्ण गर्ने भन्ने अहिले सम्म ठेगान छैन । केबुलकार निमार्णका लागि जम्मा लागत एक अर्ब १४ करोड ८४ लाख ६५ हजार लाग्ने अनुमान गरिएको छ । यसको लम्बाइ दुई हजार १४७ मिटर र उचाइ ८२९ मिटर हुनेछ भने प्रतिसेकेन्ड ६ मिटर हिँड्ने र एक पटकमा १५ जना आउन-जान पाउने छन्, प्रतिवेदनमा उल्लेख छ । यस्तै एक ठाउँबाट अर्को ठाउँमा जान ६ मिनेट लाग्ने छ । कालिकोटमा केबुलकार आयोजना सञ्चालनमा आएपछि जनताले यातायात सेवामा पहुँच, पर्यटन क्षेत्रको विकास प्रवर्द्धन हुनुका साथै जनताको आर्थिक अवस्था परिवर्तन हुने यहाँका नागरिकको विश्वास छ । पूर्वाधार विकास कार्यालय, कालीकोटका प्रमुख रामचन्द बिसीले केबलकार निर्माण कम्पनी प्रालि ललितपुरले १७ लाख ३० हजार लागतमा सम्भाव्यता अध्ययन गर्ने जिम्मा लिएको जानकारी दिनुभयो । 

२०६४ सालको संविधान सभा निर्वाचन वाट निर्वाचित खड्कवहादुर बिश्वक्रर्माले  केबुलकारको कुरा उठाउनु भएको थियो । तर सम्भाव्यता अध्ययन गर्न मात्र १५ वर्ष लागेकाले ढिलो हुँदै गएको प्रति कालीकोटका नागरिक निराश छन् । एमाले कालीकोटका उपाध्यक्ष दयाराम सिम्खडाले मान्म–कोडवाडा केबुलकार निर्माणपछि पर्यटन प्रवर्द्धनका साथै आवतजावत गर्न पनि सहज हुने आम अपेक्षा १५ वर्ष देखि अन्यवलमा रहेको गुनासो गर्नुभयो ।  अहिले मान्मदेखि कोडवाडा जान गाडीमा ३ घण्टा र पैदल जाँदा ६ घण्टा लाग्ने गरेको छ ।  नरहरिनाथको कोडवाडामा सुनथराली विमानस्थल निर्माण गरिएको छ । केबुलकार तयार भएको छैन अनि त्यो विमानस्थल कसरी प्रयोगमा आउने भन्दै प्रश्न गर्नुभयो । उपाध्यक्ष सिम्खडाले तत्काल केबुलकार निमार्णको बिकल्प नभएको भन्दै पदमा रहेकाले सोच्नु पर्ने बताउनुभयो । मान्म–कोडवाडा केबुलकार निर्माणको लागि प्रतिनिधिसभाका सांसद महेन्द्रबहादुर शाहीले आफ्नो तर्फबाट पहल गरिरहेको औपचारिक प्रतिक्रिया दिनुभयो । 

यस्तै कर्णाली प्रदेशका सांसद हिक्मत बिष्टले निरन्तर पहल गरिरहेको भन्दै आफू निर्वाचित भएदेखि निर्माण गर्नका लागि सबैतिर पहल गरेको भए पनि प्रगती खासै नभएको प्रतिक्रिया दिनुभयो । मान्म–कोडवाडा केबुलकारको अन्तिम रिपोट सुनाउँदै निर्माण प्रतिवेदन कम्पनीका गुणराज ढकालले यो आयोजना निर्माण सम्पन्न गर्न १८ महिना लाग्ने बताउनुभयो । उहाँले श्रोत जुटाउन भने समस्या रहेको प्रतिक्रिया दिनुभयो । प्रतिवेदन सुन्न जम्मा भएका सहभागीहरूले मान्म–कोडवाडा केबुलकार निर्माण छिटो गर्न सांसद र मन्त्रीहरूलाई सुझाव दिएका थिए । 

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...