हेलिकोप्टरबाट नुन ढुवानी

Published on

काठमाडौं । सल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको नुन हेलिकोप्टरबाट ढुवानी कार्य सम्पन्न भएको छ । दश दिनयता माउन्टेन एयरको हेलिकोप्टरले सो नुन ढुवानी गर्ने कार्य गरेर सम्पन्न गरेको हो ।

कर्पोरेशनद्धारा यस वर्षको निर्धारित कोटाको आयोडिन युक्त नुन ढुवानीको जिम्मा पाएको माउन्टेन एयरका प्रतिनिधि रामचन्द्र भुसालले ढुवानी कार्य सम्पन्न भएको बताउनुभयो । सुर्खेतबाट पैदल मार्गमा ट्रकमा ढुवानी भएर आएको नुन सर्केगार्ड गाउँपालिका–६ को खडिखेतमा ढुवानी भएर आएको नुन सो स्थानबाट भने हेलिकोप्टरले ढुवानी गरेको हो । उहाँले ढुवानी सुरु गरेको दस दिनमा दैनिक तीस उडान भरेर नुन ढुवानी गर्ने कार्य भएको बताउनुभयो । कर्पोरेसनका हुम्ला प्रमुख राजबहादुर लामाले यस वर्षको एक हजार ६८४ क्विन्टल नुन ढुवानी भएको बताउनुभयो । विगतमा नुन ढुवानी कार्य ढिलो हुने गरेको थियो । यस वर्ष हेलिकोप्टरले जिम्मा लिएको कारण छोटो समयमा ढुवानी कार्य भएको हो । हेलिकोप्टरले एक उडानमा सात क्विन्टल नुन ढुवानी गर्ने गरेको छ । खडिखेतदेखि सिमकोट विमानस्थलसम्म एक सटलमा चौध मिनेट समय लाग्ने गरेको छ । यसअघि कर्पोरेनको पैदल मार्गको कोटाको नुन एक हजार सात ७७० क्विन्टल ढुवानी भएर आई सकेको छ । सो नुन ताँजाकोट, अदानचुली, सर्केगार्ड र चङ्खेली गाउँपालिकालाई बिक्री गरिएको छ । हुम्ला जिल्लामा ढुवानी अनुदानको नुन भएको कारण प्रतिकेजी नौ रुपियाँमा बिक्री हुने गरेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...