हेलिकोप्टरबाट नुन ढुवानी

Published on

काठमाडौं । सल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको नुन हेलिकोप्टरबाट ढुवानी कार्य सम्पन्न भएको छ । दश दिनयता माउन्टेन एयरको हेलिकोप्टरले सो नुन ढुवानी गर्ने कार्य गरेर सम्पन्न गरेको हो ।

कर्पोरेशनद्धारा यस वर्षको निर्धारित कोटाको आयोडिन युक्त नुन ढुवानीको जिम्मा पाएको माउन्टेन एयरका प्रतिनिधि रामचन्द्र भुसालले ढुवानी कार्य सम्पन्न भएको बताउनुभयो । सुर्खेतबाट पैदल मार्गमा ट्रकमा ढुवानी भएर आएको नुन सर्केगार्ड गाउँपालिका–६ को खडिखेतमा ढुवानी भएर आएको नुन सो स्थानबाट भने हेलिकोप्टरले ढुवानी गरेको हो । उहाँले ढुवानी सुरु गरेको दस दिनमा दैनिक तीस उडान भरेर नुन ढुवानी गर्ने कार्य भएको बताउनुभयो । कर्पोरेसनका हुम्ला प्रमुख राजबहादुर लामाले यस वर्षको एक हजार ६८४ क्विन्टल नुन ढुवानी भएको बताउनुभयो । विगतमा नुन ढुवानी कार्य ढिलो हुने गरेको थियो । यस वर्ष हेलिकोप्टरले जिम्मा लिएको कारण छोटो समयमा ढुवानी कार्य भएको हो । हेलिकोप्टरले एक उडानमा सात क्विन्टल नुन ढुवानी गर्ने गरेको छ । खडिखेतदेखि सिमकोट विमानस्थलसम्म एक सटलमा चौध मिनेट समय लाग्ने गरेको छ । यसअघि कर्पोरेनको पैदल मार्गको कोटाको नुन एक हजार सात ७७० क्विन्टल ढुवानी भएर आई सकेको छ । सो नुन ताँजाकोट, अदानचुली, सर्केगार्ड र चङ्खेली गाउँपालिकालाई बिक्री गरिएको छ । हुम्ला जिल्लामा ढुवानी अनुदानको नुन भएको कारण प्रतिकेजी नौ रुपियाँमा बिक्री हुने गरेको छ ।

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...