‘पल्लवित पाइला’ सार्वजनिक

Published on

काठमाडौं । नवसर्जक कृशु अर्यालको कविता कृति सार्वजनिक भएको छ । बालजागृति इङ्लिस सेकेण्डरी स्कुलकी पूर्व विद्यार्थी अर्यालको कविता सङ्ग्रह ‘पल्लवित पाइला’ एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको हो ।

बालजागृतिको आयोजनामा एक कार्यक्रमकाबिच अर्यालको पहिलो कृति विमोचन गरिएको हो । कृतिमाथि साहित्य सङ्गम मकवानपुरका सल्लाहकार श्याम कुमार बानियाँ र आँचल साहित्य कला पुञ्चकी अध्यक्ष भावना सापकोटाले समीक्षा गर्नुभएको थियो । ३७ वटा कविता समावेश भएको सङ्ग्रहमा केही संशोधनको खाँचो देखिएको समीक्षक बानियाँले बताउनुभयो । पुस्तकमा सामाजिक विकृति र विसङ्गति, व्याप्त भ्रष्टाचार, नारीको विभेदलगायतको विषयवस्तु कवितामा समावेश भएको अर्का समीक्षक भावना सापकोटाले बताउनुभयो । स्थानीय पत्रपत्रिकामा प्रकाशित लेख रचनालाई समावेश गरी पुस्तक तयार गरेको लेखक कृशु अर्यालले बताउनुभयो ।

पुस्तकको प्रकाशक अर्यालको हजुरबुवा ढुण्डिराज पोखरेल रहनुभएको छ । विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बाल जागृति विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश भण्डारी, साहित्यकार मुना अर्याल, कृशुका बुवा कृष्ण अर्याललगायत साहित्यकारहरूको आतिथ्यता थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...