‘पल्लवित पाइला’ सार्वजनिक

Published on

काठमाडौं । नवसर्जक कृशु अर्यालको कविता कृति सार्वजनिक भएको छ । बालजागृति इङ्लिस सेकेण्डरी स्कुलकी पूर्व विद्यार्थी अर्यालको कविता सङ्ग्रह ‘पल्लवित पाइला’ एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको हो ।

बालजागृतिको आयोजनामा एक कार्यक्रमकाबिच अर्यालको पहिलो कृति विमोचन गरिएको हो । कृतिमाथि साहित्य सङ्गम मकवानपुरका सल्लाहकार श्याम कुमार बानियाँ र आँचल साहित्य कला पुञ्चकी अध्यक्ष भावना सापकोटाले समीक्षा गर्नुभएको थियो । ३७ वटा कविता समावेश भएको सङ्ग्रहमा केही संशोधनको खाँचो देखिएको समीक्षक बानियाँले बताउनुभयो । पुस्तकमा सामाजिक विकृति र विसङ्गति, व्याप्त भ्रष्टाचार, नारीको विभेदलगायतको विषयवस्तु कवितामा समावेश भएको अर्का समीक्षक भावना सापकोटाले बताउनुभयो । स्थानीय पत्रपत्रिकामा प्रकाशित लेख रचनालाई समावेश गरी पुस्तक तयार गरेको लेखक कृशु अर्यालले बताउनुभयो ।

पुस्तकको प्रकाशक अर्यालको हजुरबुवा ढुण्डिराज पोखरेल रहनुभएको छ । विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बाल जागृति विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश भण्डारी, साहित्यकार मुना अर्याल, कृशुका बुवा कृष्ण अर्याललगायत साहित्यकारहरूको आतिथ्यता थियो ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...