एभरेष्ट चिनी मिलको क्रसिङ सम्पन्न

Published on

काठमाडौं । रामनगरस्थित एभरेष्ट चिनी मिलले यस वर्षको उखु क्रसिङ सम्पत्र गरेको छ । एभरेष्टले आज विहान साढे ४ वजेदेखि चालु सिजन ९०८०÷८१० को क्रसिङ सम्पन्न गरेको औपचारीक जानकारी गराएको हो ।

यो पटक मिल ८९ दिन चले पनि पटकपटक गरि ७ दिन ‘नो केन’ हुँदा खुद क्रसिङ भने ८२ दिन मात्र भएको छ । उखुको मूल्यलाई लिएर किसानहरु आन्दोलनमा उत्रेका कारण निर्धारित समयभन्दा ११ दिनपछि अर्थात् पुष ४ गतेदेखि मिल चलेको थियो । यस अवधिमा २९ लाख ४ हजार क्विन्टल उखु क्रसिङ गरिएको छ । यो परिमाण लक्ष्यको करिव ६ लाख क्विन्टल घटी हो । यसपाली चिनीको ‘रिकभरि’ सरदर ९ प्रतिसत रहेपनि कति चिनि उत्पादन भयो ५ दिनपछि मात्र एकिन हुने एभरेष्टले जनाएको छ । महाप्रवन्धक सुरेन्द्र शुक्लाका अनुसार गत वर्ष ९०७९÷८०० २६ लाख ३० हजार ७४७ क्विन्टल उखु क्रसिङ गरि २ लाख ४२ हजार ३ क्विन्टल चिनी उत्पादन गरेको एभरेष्टले यो वर्ष ३५ लाख क्वि क्रसिङको लक्ष्य लिइएको थियो । यस वर्ष उखुको उत्पादन र खेतीको क्षेत्रफल बढेकाले गत वर्षको तुलनामा ९ लाख क्वीन्टल बढी उखु क्रसिङको लक्ष्य लिएको महाप्रवन्धक शुक्लाले जनाउनु भयो ।

तथापि क्रसिङ सिजनको निकट पारेर किसानहरु आन्दोलनमा उत्रेपछि एभरेष्ट लगायतका ठुला मिलहरु निर्धारित समयमा सञ्चालन हुन सकेनन् । यसैलाई अवसर बनाएर सर्लाही र वारा जिल्लाका साना चिनी मिलहरुले आन्दोलन अवधीमा पनि क्रसिङ जारि राखे । आन्दोलनका कारण ठुला मिल सञ्चालनमा अन्यौल देखिएपछि हतारमा रहेका कतिपय किसानले साना मिलमा उखु खपत गरेकाले ठुला मिलका लागि उखु आपूर्तिमा स्वाभाविक कमि आएको थियो । क्रसिङको उत्तरार्धमा आइपुग्दा प्रतिकूल मौसमले उखु आपुर्तिमा थप समस्या प¥यो । पटकपटक ‘नो केन‘ को स्थिति आयो । यी कारणले गर्दा एभरेष्टले लक्ष्यवमोजिम क्रसिङ गर्न नसकेको शुक्लाले जनाउनुभयो । यो वर्षदेखि एभरेष्टले ५ दिनभित्रै उखुको भुक्तानी दिन थालेकोले मिलप्रति किासनको भरोसा बढेपनि समुचित मूल्य नपाउँदा उखु किसान भने निरास देखिएका छन् । यो नैरास्यताको असर आगामी वर्षको उखु खेतीमा पर्ने हुदा उखु अभाव तत्कालै समाधान हुने संकेत देखा नपरेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवहाले जनाउनुभयो ।

सरकारले गत वर्ष उखुको ५४० रुपियाँ रेटमा २५ रुपियाँमात्र थप गरि प्रति क्विन्टल ५६५ रुपियाँ कायम गरेको छ । यो वृद्धिसँगै सरकाले दिने ७० रुपियाँ अनुदानसमेत जोड्दा उखुको मूल्य प्रति क्विन्टल ६३५ रुपैया कायम भएको छ । उखु किसानले भने बढ्दो महङ्गीका कारण उखुको मूल्य प्रति क्विन्टल ७५० रुपियाँ माग गर्दै आएका छन् । यो माग सम्वोधन नभएसम्म मूल्यका लागि किसान रुने र उखुका लागि चिनी मिल रुने अवस्थामा सुधार आउन सक्दैन कुशवहाले भन्नुभयो ।गोरखापत्र

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...